वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रेष्ट माइक्रो लाइफले तय गर्याे साधारणसभा मिति, बुक क्लोज कहिले?

अर्थलगानी
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण आह्वान गरेको छ। इन्स्योरेन्सले जेठ २३ गते सभा आह्वान गरेको हो।

कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने सम्बन्धमा निर्णय गरेको हो। सभा सुर्खेतको विरेन्द्रनगरमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सञचालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०–८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा सोही अवधिसम्मको नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने र आव २०८१–८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । । यसका साथै सर्बसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्बाचन) गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनाका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी