काठमाडौँ। पोखरा फाइनान्स कम्पनी लिमिटेडले पुरानो लाभांश बुझिलिन आउन अनुरोध गरेको छ। फाइनान्सले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो।
कम्पनीले एक सूचना जारी गर्दै विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५÷७६ को नगद लाभांश कतिपय सेयरधनीहरुले नलिएको भन्दै लिन आग्रह गरेको छ।
सेयरधनीहरुलाई सूचना प्रकाशित भएको १ महिनाभित्र संस्थाको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरि लाभांश लिन सक्ने व्यवस्था गरिएको फाइनानसले जनाएको छ। साथै तोकिएको मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया