काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याउको छ। लघुवित्तले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड)को नाममा रहेको ३ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।
यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्छन्। संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया