काठमाडौँ। आजदेखि छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयर बिक्रि खुला भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर १ः१ को अनुपातमा निष्काशन गरेको हो।
यसबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने छ। उक्त कम्पनीले हकप्रद निष्कासन प्रयोजनाका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।
यसमा असार १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया