काठमाडौँ। सानिमा माई हाइड्रोपावर लिमिटेडले आ.व. २०७९–०८० सम्मको मुनाफाबाट शेयरधनिलाई लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोंनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी रू ३ अर्ब ८करोड ९२ लाख ५१ हजारको १० प्रतिशतले हुने रू. ३० करोड ८९ लाख २५ हजार १ सय बराबरको बोनस शेयर र प्रस्तावित बोनस शेयर बापतको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुने रू. अक्षरेपी एक करोड बैसठ्ठी लाख उनन्साठ्ठी हजार दुई सय पन्ध्र रूपैया उनासी पैसा मात्र नगद लाभांश वितरण गर्न पस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउन सक्ने छन् ।
कम्पनीले कार्तिक २३ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीको साधारणसभामा जुम खोला जलविद्युत आयोजना (५६ मे.वा.) को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावर लि।को शेयरमा अधिकतम रू. १ अर्ब ५० करोड सम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव पेश हुने छ।
त्यस्तै जुम खोला जलविद्युत आयोजना (५६ मे.वा.) को बैक कर्जा प्रयोजनका लागि प्रचलित कानूनले तोकेको सीमा भित्र रही संस्थागत जमानतदिने सम्बन्धमा, साधारण सभाको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभा समक्ष प्रस्ताव पेश हुने छ।
प्रतिक्रिया