वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो क्षेत्र जटिल अवस्थामा छ, अबको एकमात्रै आशा ‘अटो शो’ होः अध्यक्ष करण चौधरी(अन्तर्वार्ता)

भीमा पन्थी
२०८१ श्रावण २५, शुक्रबार

पछिल्लो समय अटो क्षेत्रको व्यापारव्यवसायमा ६८ प्रतिशत भन्दा बढी गिरावट आईसकेको अटो व्यवसायीहरुले बताउँदै आएका छन्। अटो क्षेत्रका व्यवसायीहरुले अधिकांश कर्मचारी, डिलर तथा व्यवसायीहरु नै पलयान भईसकेको बताउँदै आएका छन्।

यसरी हेर्दा, सुरुमा कोभिडको प्रभावका कारण आयात निर्यात नै ठप्प भयो। कोभिडको जोखिम कम भई लकडाउन खुकुलो भएको केही महिनामा नै विदेशी सञ्चितिमा दबाब पर्न गएको भन्दै सुरुमै सवारी साधनहरुको आयातमा सरकारले बन्देज लगायो। त्यसपछिका मौद्रिक नीतिमार्फ अटो क्षेत्रमा जाने कर्जा राष्ट्र बैंकले नीतिमार्फत सकेसम्मकै कसिलो बनायो। पछिल्लो समय नीतिगत कुराहरु केहीमात्रामा खुकुलो हुँदैगर्दा समग्र अर्थतन्त्रमा नै मन्दी देखिएको छ। यसैबीच अटो व्यवसायीहरु सरकार पक्षका अन्य नीतगत कुराहरु खुकुलो बनाउन लविङ पनि गरिरहेका छन्। यद्यपी, पछिल्ला नीतिगत व्यवस्थाहरुमा अटो व्यवसायीहरु सन्तुष्ट भने छैनन्। यसै सन्दर्भमा अर्थलगानीका लागि भिमा पन्थीले अटोमोवाईल्स क्षेत्रको छाता संगठन नाडा अटोमोवाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीसँग गरेको कुराकानीको संक्षिप्त अंशः

समग्र अटो क्षेत्रको व्यवसाय ६८ प्रतिशतले घट्यो भन्दै आउनु भएको छ, तपाईले नेतृत्व गर्नुभएको सीजी होल्डीङ्स्को अवस्था के छ?

सिजी होल्डिङ्सले जुन–जुन क्षेत्रमा लगानी गरेको छ त्यो कुनै पनि क्षेत्रको व्यवसाय अहिले खासै राम्रो छैन। कुनै क्षेत्रले राम्रो गरिरहेका छन् भने कुनै बाँचिरहेका छन् वा बचाईरहेका छौँ। त्यो आफ्नो ठाउँमा छ।

अटोमोबाईल्सको क्षेत्रमा हेर्दा, सुजुकीकै व्यवसायको कुरा गरौँ। औषतमा गिरावट ६८ प्रतिशत भन्दा पनि धेरै नै घटेको छ। यो अवस्थामा सुजुकीलाई प्रतिस्पर्धा गर्न छिट्टै नै ईभि ल्याउने योजनामा छौँ।

सुजुकीको प्रतिस्पर्धि हुन्डाईले प्लान्ट सुरु गरिसक्यो तपाईहरुको के छ योजना?

हामी सरकारको नीति प्लान्ट र औधोगिकरणको सम्बन्धमा के हुनेछ भन्ने कुराको पर्खाईमा छौँ। भर्खरै हुण्डाई लक्ष्मी ग्रुपले प्लान्ट राखेको छ, उहाँहरुको सिकाईबाट हामीले अगाडी योजना बनाउने छौ।

हामीले पनि पहिला प्लान्ट लगाउने कि भन्दै सोचेका थियौँ। तर, अहिलेको यो नीतिगत अस्थिरतालाई मध्यनजर गर्दै पर्ख र हेरको अवस्थामा छौँ। अहिलेभर्खरै केही गर्ने वा नगर्ने भन्नेमा छैनौँ। हामीसँग योजनाहरु छन्,कार्यान्वयनमा ल्याउन सकेका छैनौँ। सरकारको नीति स्थिर र स्पष्ट भयो भने हामी सुरु गर्छाै।

तपाई नाडाको अध्यक्ष पनि हुनुहुन्छ, अटोमोबाईल्स व्यावसायीहरुले राख्नुभएको माग मौद्रिक नीतिमा सम्बोधन भएन नि, यसलाई कसरी लिनु भएको छ?

–हामी यसलाई पनि सकरात्म रुपले नै हेरेका छौँ। किनभने, हाम्रा मागहरु सम्बोधन नगर्नुका पछाडी सरकार पक्षका पनि केही न केही कठिनाईहरु थिए होला भन्ने आशा राख्छु। त्यो कठिनाई आगामी दिनमा सहज हुँदै गएर हाम्रा मागहरु पुरा हुनेछन्।

साथै, हामी हाम्रा समस्याहरु सरकारसँगै राख्ने हो र यो निरन्तर नै हुन्छ। हामी अझै पनि हाम्रा मागहरु लगेर जाने नै छौँ।

भनेपछि तपाईहरु सरकारसँगको लविङमा चुक्नुभएको हो?

सरकारलाई कहिलेपनि हामीले फोर्स गर्ने भन्ने हैन। सरकार आफैले निष्पक्ष भएर सोच्नुपर्ने संयन्त्र हो। यो संयन्त्रलाई हामीले हाम्रो पाटो बुझाउने हो। यसलाई स्वीकार गर्छु कि मैले बुझाउन सकिन छु। फेरी पनि पुर्णरुपमा बुझाउने प्रयास गर्छु।

वर्किङ क्यापिटल गाईडलाइनमा तपाईको विमती कहाँनेर हो?

–वर्किङ क्यापिटल गाईडलाईनमा कर्जा प्रवाह गर्दा विगतको व्यावसायको ग्रोथलाई आधार लिईएको छ। अटो मोबाईल्स क्षेत्रलाई हेर्ने हो भने विगतको दुईतीन वर्षदेखि यता खुम्चिदै आएको छ। यो व्यवस्थाले आगामी दिनमा विजनेश विस्तार गर्नको लागि वर्किङ क्यापिटल प्रयाप्त नपाउने अवस्था आउन सक्ने देखिन्छ।

विगतमा कहिले आयात बन्देज त कहिले कसिला नीतिहरु र अहिले थप आर्थिक मन्दीको कारण अटो व्यवसाय कम छ। अहिलेको अवस्थामा त केही फरक पर्दैन तर मौद्रिक नीतिले हाम्रा मागहरु सम्बोधन गरि व्यापार विस्तार हुँदा भने त्यो समयमा चाहिने चालुँपुजीँ पाउने वा नपाउने यो व्यवस्थाले अन्यौलता देखाएको छ। त्यहि अन्यौलतालाई छिनोफानो गर्न खोजेका हौँ।

पेट्रोल, डिलेज र विद्युतीयशक्तिबाट चल्ने नीजि र व्यावसायीक सवारी साधनलाई छुट्टाई बैंकले लगानी गर्नुपर्छ भन्ने माग के का लागि हो?

–नीजि र व्यावसायीक महत्वका सवारी साधन प्रयोगको हिसाबले फरक प्रकृतीका हुन्। यद्यपी, नाडाको लागि सबै प्रकारका सवारीसाधन एक समान हुन्। तर, बैंकहरुले भने व्यावसायीक प्रयोजनका सवारी साधनहरुमा लगानी गर्न त्यत्ति उपयुक्त ठान्दैनन् जति नीजिमा सहज कर्जा प्रवाह हुन्छ।

यदि बैंकलाई यो कमर्शियल भेइकलमा बढी लगानी गर्नु रिक्स लाग्छ भने कर्जा दिने र नदिने भन्दापनि रिक्स कभर बढी कसरी गर्न सकिन्छ सोही अनुसार अगाडी बढाउँ भन्ने हाम्रो तात्पर्य हो।

अटो क्षेत्रको भविष्यलाई कसरी हेर्दै हुनुहुन्छ?

–अटो क्षेत्रको भविष्य एकदम जटिल स्थितिमा छ। अब बाच्ने र मर्नेको दोधारमा पुगेका छौँ। अटो क्षेत्रलाई फोकस गरेर बचाउन सकिएन भने मर्नेवाला छ। यो अवस्थामा सरकारले पनि बुझेन र पहल कदमी लिएर सच्चाउन लागेन भने अटो क्षेत्र विलाउने निश्चित छ।

त्यसोभय अटोव्यावसायी केको तयारीमा छन्?

–व्यावसायीहरु अहिलेको अवस्थामा छलकपट गरेर कसरी व्यावसाय गर्ने वा ऋण नतिरि कसरी भाग्ने मनशायमा पुगेका छन्। त्यत्तिमात्रै होईन काम भन्दापनि आत्माहत्या गर्ने मनशायमा पुगेका समेत व्यासायीहरु छन्। किनभने, पहिला अटो व्यावसायी भनेपछि स्वच्छरुपमा राम्रो व्यावसाय गर्ने क्षेत्र भनेर चिनिन्थ्यो। तर, परिस्थिति र नीतिले अहिले यो क्षेत्रलाई एक कुनामा लगेर धकेलेको छ। यहाँबाट उम्कीने बाटो देखिएको छैन।

यो अवस्थामा अब कि उम्किनको लागि जे पनि गर्न तयार हुनुपर्छ कि त आत्मासमर्पण गर्नुपर्ने हुन्छ। नेपालीको बानी त्यत्तिसजिलै आत्मासमर्पण त गर्दैन अब उम्किनको लागि साम, दाम, दण्डभेद सबै लगाउँछ। यो अवस्थामा कि आत्माहत्या गनुृपर्याे कि ऋण नतिरि पलायन हुनुपर्याे कि त गुमनाम भएर भाग्नुपर्याे, अर्काे विकल्प नै छैन।

ऋण तिर्नको लागि विजनेश चल्न पर्याे। खाएर भागेको हैन लगानी विजनेशमा नै गरेको हो। यो चलायमान भए पैसा फर्किन्छ ऋण तिरिन्छ। व्यावसायी र व्यावसाय रहन्छ। अन्यथा निकै कम विकल्प छन्। धेरै व्यवसायी तथा कर्मचारीहरु पलायन पनी भईसकेका छन्।

सम्पुर्ण अटो व्यसायीको नेतृत्वकर्ताको हैसियतते अब के तपाई गर्नुहुन्छ?

अब एक आशाको दियो भनेको नाडा अटो शो नै हो। अटो शोबाट सरकारलाई अहिलेसम्म बुझाउन नसकेका कुराहरु बुझाउने छौँ र बुझ्नुहुनेछ भन्ने आशा छ। नीतिमा परिर्वतन हुनेछ र व्यावसाय फष्टाउने छ। विगतमा पनि अटो शो पछाडी केही नीतिगत कुराहरु सम्बोधन भएका छन् र अहिले पनि हुन्छन् भन्ने अपेक्षा छ।

प्रतिक्रिया

लेखकको बारेमा

भीमा पन्थी

पत्रकार पन्थी अर्थलगानी डटकममा रहेर आर्थिक विटमा पत्रकारितामा गर्छिन्। उनले विषेशगरि नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, बीमा, पुजीँ बजारका साथै विभिन्न आर्थिक क्षेत्रमा कलम चलाउने गर्छिन्।