वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन एयरलाइन्सको आजबाट काठमाडौं–सांघाइ उडान सुरु

अर्थलगानी
२०८० मंसिर १६, शनिबार

काठमाडौँ। हिमालय एअरलाइन्सले आजबाट काठमाडौं–सांघाइ सिधा हवाई उडान सुरु गरेको छ। एअरलाइन्सले नेपालको काठमाडौंबाट चीनको सांघाइमा हवाई उडान सुरु गरेको हो।

चीनका लागि नेपाल उत्कृष्ट र नजिकको पर्यटकीय गन्तव्य भएकाले चीनबाट नेपाल आउने पर्यटकका लागि लक्षित गरेर यो उडान सुरु गरिएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विश्वकै ठूलो मध्येको आर्थिक शहरभित्र पर्ने सांघाइमा उडान सुरु गरेकोमा हिमालय एअरलाइन्सलाई बधाई दिए ।चीनको यो शहर आर्थिक हब मानिन्छ । यो शहरमा ४० मिलियन मानिसको बसोबास रहेको चिनियाँ दूतावासका प्रतिनिधिले जानकारी दिए।

हिमालय एअरलाइन्सले सातामा एक उडान गर्ने जनाएको छ। पहिलो उडान आज बिहान ९ः२० बजे सुरु हुनेछ। उक्त उडान आजै राति बेलुका ९।२५ मा काठमान्डौ फर्किनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालय एअरलाइन्सले आजबाट काठमाडौं–सांघाइ सिधा हवाई उडान सुरु गरेको छ। एअरलाइन्सले नेपालको काठमाडौंबाट चीनको सांघाइमा हवाई उडान सुरु गरेको हो। चीनका लागि नेपाल उत्कृष्ट र नजिकको पर्यटकीय गन्तव्य भएकाले चीनबाट नेपाल आउने पर्यटकका लागि लक्षित गरेर यो उडान सुरु गरिएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विश्वकै ठूलो मध्येको आर्थिक शहरभित्र पर्ने सांघाइमा उडान सुरु गरेकोमा हिमालय एअरलाइन्सलाई बधाई दिए ।चीनको यो शहर आर्थिक हब मानिन्छ । यो शहरमा ४० मिलियन मानिसको बसोबास रहेको चिनियाँ दूतावासका प्रतिनिधिले जानकारी दिए। हिमालय एअरलाइन्सले सातामा एक उडान गर्ने जनाएको छ। पहिलो उडान आज बिहान ९ः२० बजे सुरु हुनेछ। उक्त उडान आजै राति बेलुका ९।२५ मा काठमान्डौ फर्किनेछ।