वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महाविर पुनको पहलमा पर्यटकिया क्षेत्र बन्यो मोहरेडाँडा, खानेपानी नहुँदा तनाव

अर्थलगानी
२०८० बैशाख १९, मंगलवार

काठमाडौँ। म्याग्दीको मोहरेडाँडा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएपनि खानेपानी नभएपछि समस्या भएको छ सामाजिक अभियन्ता महावीर पुनको अगुवाइमा १३ वर्षअघि गलेश्वर–बाँसखर्क–नागी–महरे–डाँडाखर्क–स्वाता–खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्या पदमार्ग सञ्चालनमा ल्याइएको थियो । सडकका कारण अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि मोहरेडाँडामा पर्यटकको चाप बढेको छ । तर, स्थानीय सरकारले त्यस क्षेत्रलाई थप व्यवस्थित गर्न नसक्दा पर्यटकिय क्षेत्रको रुपमा विकसित भएपनि अहिले समस्याग्रत अवस्थामा छ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो । समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुनले बताए

“लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक–एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा मोटरले पानी पम्प गर्न छाडेको छ”, उनले भने “पम्पिङ सिस्टम बिग्रिएको, आकाशे वर्षा नभएको र हिउँ नपरेको अवस्थामा खच्चरबाट पानी बोकाएर ल्याउने गरिएको छ ।”

एउटा मुहानबाट एक दिनमा करिब पाँच सय लिटर पानी सङ्कलन हुन्छ । सङ्कलन नभएको पानी सोलार पम्पिङ प्रविधिबाट प्रयोग गरिँदै आएको थियो । अर्को मुहान केही तल भिर जराको खोल्सामा छ । यो मुहान अलि ठूलो छ । खानेपानीको अभाव पूरा गर्न पुस–माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेकामा यसपालि हिउँ परेन ।

असोज–कात्तिकको सिजनमा पानी अभाव पूरा गर्न बर्खायामको बलेसी पानी ड्रममा जम्मा गर्ने गरिएको छ । सङ्कलन गरिएको पानीलाई क्लोरिनबाट निर्मलीकरण गरेर खाने÷खुवाउने गरिएको छ ।

याममा दैनिक ४०–५० देखि ८० जनाको हाराहारीमा पर्यटक आउने गरेका लजका कर्मचारी पुर्ख पुर्जाले बताउनुभयो । मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धवलागिरि अन्नपूर्ण, माछापुच्छे्र, मनास्लु हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको मनोरम दृश्यावलोकन, जङ्गल सफारी गर्न सकिन्छ ।

फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।

नजिकै बस्ती नभएकाले पाहुनाको खाने–बस्ने सुविधाका लागि मोहरेडाँडामा समुदायले ८० जना क्षमताको सामुदायिक लज सञ्चालन गरेका छन् । नेपालको एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मोहरेडाँडामा लजको क्षमता बढाएसँगै दैनिक एक सय जनाभन्दा बढी बास बास्न सक्ने भएको अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए।

चारैतिर घना गुराँसको जङ्गल बीचको पहाडको टाकुरामा अवस्थित मोहरेडाँडमा राम्चेबाट केन्द्रीय लाइनको विद्युत् विस्तार गरेर लिफ्ट प्रविधिबाट खानेपानी व्यवस्थापन गर्न पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। म्याग्दीको मोहरेडाँडा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएपनि खानेपानी नभएपछि समस्या भएको छ सामाजिक अभियन्ता महावीर पुनको अगुवाइमा १३ वर्षअघि गलेश्वर–बाँसखर्क–नागी–महरे–डाँडाखर्क–स्वाता–खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्या पदमार्ग सञ्चालनमा ल्याइएको थियो । सडकका कारण अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि मोहरेडाँडामा पर्यटकको चाप बढेको छ । तर, स्थानीय सरकारले त्यस क्षेत्रलाई थप व्यवस्थित गर्न नसक्दा पर्यटकिय क्षेत्रको रुपमा विकसित भएपनि अहिले समस्याग्रत अवस्थामा छ। अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो । समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुनले बताए । “लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक–एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा मोटरले पानी पम्प गर्न छाडेको छ”, उनले भने “पम्पिङ सिस्टम बिग्रिएको, आकाशे वर्षा नभएको र हिउँ नपरेको अवस्थामा खच्चरबाट पानी बोकाएर ल्याउने गरिएको छ ।” एउटा मुहानबाट एक दिनमा करिब पाँच सय लिटर पानी सङ्कलन हुन्छ । सङ्कलन नभएको पानी सोलार पम्पिङ प्रविधिबाट प्रयोग गरिँदै आएको थियो । अर्को मुहान केही तल भिर जराको खोल्सामा छ । यो मुहान अलि ठूलो छ । खानेपानीको अभाव पूरा गर्न पुस–माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेकामा यसपालि हिउँ परेन । असोज–कात्तिकको सिजनमा पानी अभाव पूरा गर्न बर्खायामको बलेसी पानी ड्रममा जम्मा गर्ने गरिएको छ । सङ्कलन गरिएको पानीलाई क्लोरिनबाट निर्मलीकरण गरेर खाने÷खुवाउने गरिएको छ । याममा दैनिक ४०–५० देखि ८० जनाको हाराहारीमा पर्यटक आउने गरेका लजका कर्मचारी पुर्ख पुर्जाले बताउनुभयो । मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धवलागिरि अन्नपूर्ण, माछापुच्छे्र, मनास्लु हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको मनोरम दृश्यावलोकन, जङ्गल सफारी गर्न सकिन्छ । फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो । नजिकै बस्ती नभएकाले पाहुनाको खाने–बस्ने सुविधाका लागि मोहरेडाँडामा समुदायले ८० जना क्षमताको सामुदायिक लज सञ्चालन गरेका छन् । नेपालको एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मोहरेडाँडामा लजको क्षमता बढाएसँगै दैनिक एक सय जनाभन्दा बढी बास बास्न सक्ने भएको अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए। चारैतिर घना गुराँसको जङ्गल बीचको पहाडको टाकुरामा अवस्थित मोहरेडाँडमा राम्चेबाट केन्द्रीय लाइनको विद्युत् विस्तार गरेर लिफ्ट प्रविधिबाट खानेपानी व्यवस्थापन गर्न पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।