वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सबैलाई अनुकुल हुने पर्यटकीय गन्तव्य, ‘चन्द्रागिरी हिल्स’

खिमलाल पन्थी
२०८० चैत्र २५, आईतवार

काठमाडौँमा ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको संयुक्त एकमात्रै गन्तव्य हो, चन्द्रागिरी हिल्स । विगत ८ वर्ष अगाडिबाट चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएसँगै आजको पुस्ताले चन्द्रागिरी भनेकै ‘चन्द्रागिरी हिल्स’ बुझ्न थालिसकेका छन्। भनौँ, छोटो समयमा नै पर्यटकको रोजाइको गन्तव्य बनेको छ, चन्द्रागिरी। सञ्चालनमा आएको केही वर्षमै को भिड आएपछि केही तिव्र गतिमा फष्टाईरहेको पर्यटकीय गन्तव्य चन्द्रागिरिमा केही मात्रामा ब्रेक लाग्यो। यद्यपी अहिले भने पुन पर्यटकको आगमन बढ्दै गएको छ। दैनिकजसो २५ सय बढी पर्यटक आजको दिनमा पनि चन्द्रागिरिमा पुग्छन्।

चन्द्रागिरी हिल्सको मुख्य आकर्ष हो, ‘केवलकार’ । त्यो वाहेक यहाँको भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको शालिक, भ्युटावर, रिसोर्ट, बाल उद्यान, जिपलाइन, स्काई साइक्लिङ यहाँका आकर्षणका विषय हुन्। यिनीहरुको आ–आफ्नै छुट्टै धार्मिक, प्राकृतिक ऐतिहासिक र आधुनिक महत्व छ। जसले गर्दा पनि चन्द्रागिरी छोटो समयमा नै बालबालिका, युवा, वृद्ध र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ।

चन्द्रागिरीको माथिल्लो स्टेशनमा पुग्न १४ मिनेटसम्म केवलकारको यात्रा गर्नुपर्ने हुन्छ। केही चर्चा गरौँ केवलकारको,

केवलकार आईएमई ग्रुप अन्तर्गतको चन्द्रागिरी हिल्स लिमिटेडले बनाएको यस केवलकार २०७३ श्रावण २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरी सञ्चालनमा आएको थियो। केबलकारको तल्लो स्टेशन समुद्री सतहबाट १५६४ मिटर उचाईमा रहेको छ भने माथिल्लो स्टेशन २५२० मिटरको उचाईमा छ। एक स्टेशनबाट अर्को स्टेशनबाट अर्को स्टेशनमा पुग्न १४ मिनेटसम्म लाग्ने गरेको छ। पैदल जाँदा यो तीन घण्टाको बाटो हो।

यस केवलकारलाई लिएर विशेषगरि दुई दृष्टिकोणबाट चर्चा गरिन्छ। पहिलो, आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले व्यावसायीक कामको शिलशिलामा विदेश घुम्ने क्रममा विश्वकै उत्कृष्ट मानिने केबलकार निर्माता अस्ट्रीयन कम्पनी ‘डोप्लमेयर’ बाट प्रेरित भई नेपाल आएर केबलकार सुरु गरे।

दोस्रो, अध्यक्ष ढकालले केवलकार सञ्चालन गर्नु भन्दा ९२ वर्ष पहिला १९८१ सालमा चन्द्रशमशेरको पालमा धोर्सिङ्ग–चिसापानी–चन्द्रागिरी रोप–वे सञ्चालन थियो। र, केवलकार त्यसैको आधुनिक रुप हो। सरकारले नवौं पञ्चवर्षीय योजनामा नीजि क्षेत्रलाई केवलकार निर्माणमा सहभागि गराउने नीति लिएसँगै यो सम्भव भयो।

केवलकारको माथिल्लो स्टेशनमा पुगेपछि पर्यटकहरुको पहिलो ध्यान मन्दिरमा जान्छ। त्यो हो, ‘भालेश्वर मन्दीर’

 

यस मन्दिरले आफ्नै धार्मिक महत्व बोकेको छ। यहाँ देवादीदेव महादेवको पत्नी सतीदेवीको निधार पतन भएको मानिन्छ । भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ ।

श्री स्वस्थानी व्रत कथामा उल्लेख भएबमोजिम चन्द्रागिरिको चुचुरोमा महादेव पुग्दा सतीदेवीको निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ । अहिले भने उक्त शिवलिङ्ग त्यो मन्दिरमा छैन केही तल सारिएको छ।

साथै पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्नु अगाडी यहि मन्दिरमा पूजापाठ गरेको भन्ने किम्बदन्ती छ। जसले गर्दा भालेश्वरको पूजाआराधना गरिसकेपछि आँटेको काममा सफलता मिल्छ भन्ने आम विश्वास छ।

मन्दिरको पश्चिमतर्फ, ‘भ्यु टावर’

दिप्योपदेशमा चन्द्रागिरिलाई पृथ्वीनारायण शाहले ‘चन्डागिरी’ भनेको पाइन्छ। सन् १८०२ पछि नेपाल आएका बेलायती डाक्टर फ्रान्सिस बुखानन–ह्यामिल्टनले ‘चन्दनगिरी’ भनेको पाईन्छ। जे होस् उनीहरुले चन्द्रागिरिबाट काठमाडौँलाई नियाले ।

त्यहि चन्द्रागिरिबाट नियाल्दा देखिने त्यतिबेलाका तीन सहर (भादगाउँ, पाटन र काठमाडौँ) मा शाहको उनको नजर परेको भनिन्छ। यसको अर्थ पुरै काठमाडौँ चन्द्रागिरिबाट देख्न सकिन्छ। त्यसमाथि अहिले चन्द्रागिरी हिल्स लिमिटेडले भ्यु टावर पनि निर्माण गरेको छ।

यहाँबाट सर्वोच्च शिखर सगरमाथा देखिन्छ। गौरी शंकर, गणेश तथा मनास्लु लगायत नेपालका अधिकांश हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ। करिब १८० डिग्रीको रेन्जमा हिमश्रृंखला यहाँबाट अवलोकन गर्न सकिन्छ।

सबैका लागि ‘चन्द्रागिरी हिल्स’

चन्द्रागिरी हिल्स भित्रका सम्पुर्ण संरचना चन्द्रागिरी हिल्स लिमिटेडको संरक्षणमा छन्, अर्थात आईएमई ग्रुप अन्तर्गतको यस कम्पनीले परिचालन गरेको छ। ढकाल अध्यक्ष रहेको यस कम्पनीले सरकारबाट ४० वर्षका लागि चन्द्रागिरीको डाँडोको ७२० रोपनी जग्गा भाडामा ल्याएर केवलकार सुरु गरेको हो।

यस कम्पनीले आगन्तुकको आवश्यकता र माग बमोजिम संरचना बनाएको छ। केवलकारको तल्लो स्टेशनसम्मै सवै किसिमका सवारीसाधनहरु पुग्छन्। पार्किङको राम्रो व्यवस्था छ। केवलकारसम्म पुग्न बालबालिका, वृद्ध  अपाङ्गमैत्री भौतिक संरचना छन्।

राजधानीबाट नजिकै रहेको कारण चन्द्रागिरी समय, स्रोत र साधनले अफोर्ड गर्न सक्ने ठाउँ हो।

एक्लै होस वा साथि तथा परिवारसँग जसरी पनि जान सकिन्छ। विशेषगरी यहाँ बिदा मनाउन, कामको तनावबाट मुक्त भई स्वच्छ वातावरणमा रमाउन आन्तरिक पर्यटकहरु गएको देखिन्छ। यहाँ उच्च स्तरको रिसोर्ट पनि सञ्चालनमा रहेको छ, साथै सभाहल पनि छ। जसले गर्दा विभिन्न सभा, सेमिनार, गोष्ठीलगायतका कार्यक्रमहरु गर्न सकिन्छ । रिसोर्टमा खाना, खाजा तथा बस्नको पनि गुणस्तरीय सु विद्या छ। रिसोर्ट बाहेक दुईवटा रेष्टुरेन्ट सञ्चालनमा छन्, जसमा ५ सय सम्मका परिकारहरु पाक्छन्।

यहाँ बच्चालाई बाल उद्यान, युवालाई साहसिक खेल र वृद्धलाई पुजा गर्ने मन्दिर एकैठाउँमा छ। धर्ममा रुची राख्नेलाई महादेवले पार्वतीलाई बोकेको ठाउँ र इतिहासमा रुची राख्नेलाई पृथ्वीनारायण शाहले आफ्ना भारदारहरूका साथ उपत्यका नियाल्दै गरेका तस्विरहरूको मुर्ति देखिन्छ। लेकको लालीगुराँस यहि फुलेको देखिन्छ, हिमालको हिउँ आँखाले देखिन्छ र त्यहीबाट आएको शितल हावाको स्पर्श हुन्छ। घोडा चढ्न पाईन्छ त स्काई साइक्लिङ, जिपलाइनको मजा लिन सकिन्छ।

चन्द्रागिरी केवलकार सुरु गर्ने समयमा अध्यक्ष ढकालले भनेका थिए, ‘उपत्यकामा करिब ५० लाख मानिसलाई बिदा मनाउने ठाउँको अभावलाई पूर्ति गर्ने ठाउँ चन्द्रागिरी बन्ने छ।’ नभन्दै त्यस्तै भईरहेको पनि छ। नजिकको तीर्थ हेला हुन्छ भन्ने एउटा उखान छ, त्यसैलाई ग्रहण नगर्ने हो भने संसारकै १० नम्बर भित्रको आर्कषण गन्तव्य आन्तरिक पर्यटनको लागि चन्द्रागिरी उत्कृष्ट गन्तव्य हो।

कम्पनीले सुरुवाती उद्देश्य अनुसार आन्तरिक पर्यटकलाई बढवा दिन विभिन्न अफरहरु समेत सार्वजनिक गरिरहेको हुन्छ।

हाल पनि एसईई दिएर बसेकाहरुलाई ५० प्रतिशत र स्कुल बिदामा बसेका विद्यार्थीलाई २५ प्रतिशत छुट यथावत् नै रहेको छ। आउँदै गरेको नयाँ वर्षको लागि पनि न्युनतम १९ हजार ९९९ बाट सुरु गरि केवलकार, खाने बस्न, बिहानी खाजा लगायतको प्याकेज सार्वजनिक गरिसकेको छ।

चन्द्रागिरिले आन्तरिक पर्यटकलाई प्राथमिकतामा राख्दै बाह्य पर्यटकका लागि पनि उचित व्यवस्थापन गरेको सेल्स एण्ड मार्केटिङ हेड प्रभाकर खड्का बताउँछन्। चन्द्रागिरिकै कारण बाह्य पर्यटकको नेपाल बसाई कम्तिमा पनि थप एक दिन लम्बिने गरेको उनको दाबी छ।

‘चन्द्रागिरीले प्रत्यक्ष रुपमा प्रभाव पार्ने ग्राहकमैत्री पर्यटकीय गन्तव्य त तयार गरेको नै छ। साथै आन्तरिक तथा बाह्य पर्यटकको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन पनि उल्लेख्य भुमिका खेलेको छ।’ उनले भने, ‘विश्वमै चासोका साथ हेरिएको ग्रिन इकोनमिलाई पनि सपोर्ट हुनेगरि काम गरिरहेका छौँ। केवलकारहरु सबै विद्युतिय माध्यमबाबाटै चल्छन्, यता रेष्टुरेन्ट र रिसोर्टमा पकाउने काम पनि ४० प्रतिशत इलेक्ट्रिसिटिबाटै हुन्छ। छिट्टै ७५ प्रतिशत बनाउने तार्गेटमा छौँ।’

उनका अनुसार चन्द्रागिरी हिल्स पर्यटन, वातावरण र मुलुककै अर्थतन्त्रको पक्षधर भई उद्यम व्यावसाय गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

खिमलाल पन्थी

खिमलाल पन्थी