काठमाडौँ। म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ। उक्त शुभकार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारकानौ जनाभिक्षुहरुलाई आमन्त्रण गरिएको थियो।
कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगयातीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्यव्यक्त गर्दै म्यान्मारका लागि नेपालका राजदूत महामहिम हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको भएको आठ सत्य मार्गहरुकाबारेमा प्रकाश पारे। यस पवित्र दिन संसार भरिका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानव जातिका लागि महत्वपूर्ण रहेको बताउँदै महामहिम घिमिरेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे।
बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दै महामहिम घिमिरेले भगवान् गौतम बुद्धले २ पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केहीकपालहरु यांगुनको क्जधभमबनयल एबनयमबमा राखिएको र क्जधभमबनयल एबनयमबमा राखिएकाशाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध, तथाकनकमुनि बुद्धका तस्विरहरु नेपालबाट ल्याएर राखिएको बताए। कार्यक्रममा भिक्षुहरुले धर्मदेशनागर्नुका साथै राजदूतावासबाट भिक्षुहरुलाई चिवर दानसमेत गरिएको थियो ।
प्रतिक्रिया