वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुद्ध एयरको ७२ सिटे जहाज अब काठमाडौं–भरतपुरको उडान भर्ने

अर्थलगानी
२०८१ असार ९, आईतवार

काठमाडौँ। बुद्ध एयरले अब काठमाडौं–भरतपुर उडान ७२ सिटे जहाजबाट पनि गर्ने भएको छ । यसअघि ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटयुक्त जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार धावनमार्ग छोटो भएका कारण विगतमा कम सिटको जहाज उडाउँदै आएको कारण अर्काे सातादेखि ठूलो जहाज सञ्चालन हुने भएको हो। गत साता श्री एयरले काठमाडौं–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान सफलतापुर्वक सम्पन्न भईसकेपछि बुद्धले आफ्नो ठुलो जहाजको उडान सुरु गर्ने निर्णय गरेको हो।

बस्नेतका अनुसार बुद्ध एयरलायन्सले यसका लागि अनुमति प्राप्त गरिसकेको छ। यद्यपी धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न भने नसकिने उनको भनाई छ। उनका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जनासम्म यात्रु बोक्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी