काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्को आगामी असार ३१ गते हुने २८औं र २९औं साधारणसभा एवम् अधिवेशनका लागि वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
तीन उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलियाले उम्मेदवारी दिएका छन्। महासचिव पदका लागि बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारले प्रतिस्पर्धा गर्नेछन्।
सचिव पदमा पुण्यराम लागेजु र दिलिप (मिलन) कँडेलले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदका लागि प्रकाश थपलिया एकमात्र उम्मेदवार हुन्।
सदस्य पदमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको छ। निर्वाचनमा १,१९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन्।
प्रतिक्रिया