काठमाडौँ। तनहुँको पर्यटकिय ग्राम नगरीमा पर्यटन पूर्वाधार युक्त केवलकार गुरुयोजना बन्दिपुर हिलले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गते देखि ३२ गते सम्म संचालनमा रहनेगरि “शिवमहिम्नाहा उत्सव” को सांस्कृतिकएवं धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
श्रावण महिनाका प्रत्येक दिन पछिको साँझमा बन्दिपुर हिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती शुरु हुनेछ र प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन किर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्ग देवी मन्दिर सम्म पुर्याईनेछ । जुनमन्दिरमा भगवान् शिवजीले न्यायीक राज्य प्रशासनको सुरक्षा कवँचको रुपमा तत्कालीन पराक्रमी राजामणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात तरवार रहेको छ । यस मन्दिरमा ल्याएर “दिव्य देवी आरती” गर्ने र भजन किर्तन सहित सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको “शिवम हिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले बताए।
कार्यक्रम अन्तर्गत प्रत्येक सोमबार “वोलवम पद तथा रोप यात्रा” को विशेष कार्यक्रमहरु समेत उत्सवमा समावेश गरिएको छ । यस प्रकारको यात्रा मस्र्याङ्गदी नदीबाट जल उठाई शुरुवात हुनेछ र पद यात्रा मार्फत केवलकार चोकमा रहेको चट्टानबाट बनेको सिद्धेश्वर महादेवको विशेष दर्शन,पुजाआरधना गरिने, प्राङ्गणमा नै रहेका ३३ कोटी देवी देवताको मुर्तिको दर्शन गराउने, शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुपदर्शन गराउने, नाँचगाँनभजन गराउदै केवलकार सवारी गराई माँ खड्गदेवीमन्दिर परिक्रमा गराउने रबन्दिपुरकोतिनधारामारहेको तिनधर्के महादेवको ज्योर्तिलिङ्गको विशेष दर्शन पुजाआरधना, भजन किर्तन सहित फिर्ति सवारी हुने र पुनःमाँ खड्गदेवी मन्दिरमा विशेष पुुजा आरधना गर्ने, यस पश्चायत केवलकार मार्फत वटम स्टेशनमा फिर्ता हुने र विशेष धार्मिक सांस्कृतिक कार्यक्रममा सहभागिता गराउने कार्यक्रम रहेको छ ।
वोलवम कार्यक्रमको दिनविहान ९ः०० बजे देखि १०ः०० बजे सम्मका वोलवममा सहभागीतिर्थयात्रीहरुको लागी केवलकारको टिकट मुल्य कार्यक्रम सहयोगको लागीमात्र भन्ने उद्धेश्यले दुईसय मात्र राखिएको छ । “शिवम हिम्नाहा उत्सव” को अन्य समय र दिनहरुमा समेत विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । जसमा केवलकारको टिकट ५ सयमा ३ सय बराबर मुल्यको सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क उपलब्ध गराउने छ । “शिवम हिम्नाहा उत्सव”धार्मिक भावना प्रवर्धन गर्ने प्रवित्र उद्धेश्यले आयोजना गरिएको कम्पनीले दावी गरेको छ ।
प्रतिक्रिया