वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्वार्कोमा पाँचतारे होटल ‘द म्यासिफ’ असोजदेखि आंशिक सञ्चालनमा

अर्थलगानी
२०८१ श्रावण ३, बिहीबार

काठमाडौँ। गुण ग्रुपले ललितपुरको ग्वार्कोमा ‘द म्यासिफ’ पाँचतारे होटल सञ्चालनमा ल्याउन लागेको छ। ग्रुपले ६ अर्ब ५१ करोड १० लाख रुपैयाँको लगानी निर्माणाधीन अवस्थामा रहेको पाँचतारे होटल असोजदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको हो।

पूर्णरूपमा असारदेखि सञ्चालनमा ल्याइने योजना रहेको होटललाई सन् २०२३ को मध्यदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि अर्थतन्त्रमा देखिएको संकुचनका कारण यो मिति सारिएको हो।

सन् २०१८ अगस्टदेखि शुरु भएको होटल निर्माण कार्यमा कोरोना महामारी लगायतका कारण ढिलाइ भएको थियो। होटलको ७५ प्रतिशत लगानी बैंकिङ कर्जा र २५ प्रतिशत इक्विटी मार्फत गरिएको छ। हालसम्म होटलको ७० प्रतिशतभन्दा बढी वित्तीय प्रगति भइसकेको छ र होटलमा ३०२ वटा कोठा रहनेछन्।

गुण ग्रुपले होटल निर्माणका लागि ४ अर्ब १२ करोड ७० लाख रुपैयाँको कर्जा लिएको छ भने १ अर्ब रुपैयाँ आफ्नै लगानी गरेको छ।

नेपाल सरकारले २०२३२०३२ लाई नेपाल पर्यटन दशक घोषणा गरेसँगै निजी क्षेत्रले होटेल क्षेत्रमा लगानी बढाएका छन्। पछिल्लो समय नेपालमा पर्यटक आगमन उल्लेख्य मात्रामा बढेको छ। सन् २०२२ को तुलनामा २०२३ मा ६५ प्रतिशतले बढेर १० लाख १४ हजार ८८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२४ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ। अन्तरदेशीय भुक्तानी सुविधाका कारण भारतीय पर्यटकहरुको आगमन बढ्ने र नेपालको हस्पिटालिटी क्षेत्र फस्टाउने विश्वास गरिएको छ।

गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ, गुण अपार्टमेन्ट, गुण कोलोनी, गुण रियलस्टेट, गुण एयरलाइन्स, र गुण को–अपरेटिभ लगायतका संस्थाका अध्यक्ष शाक्यले घरजग्गा कारोबारमा मन्दी छाएपछि टाट पल्टेका थिए। तर अहिले उनले गुण एयरलाइन्सलाई पुनर्जीवन दिएर विभिन्न व्यवसाय विस्तार गरेका छन्। हालै उनले दरबारमार्गमा दरबार मल निर्माण गरेका छन्, जहाँ क्यूएफएक्सको व्यवस्थापनमा दरबार सिनेमा समेत सञ्चालनमा ल्याएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी