काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याइने बताएका छन्। होटेल सङ्घ नेपाल हान) को प्रतिनिधिमण्डलसँग मङ्गलबार भेटघाट तथा छलफल गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन।
हानका अध्यक्ष विनायक शाहले बढ्दो पर्यटन र लगानीलाई दृष्टिगत गरी दुई वटै अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनको माग गरेसँगै अर्थमन्त्री पोडेलले छिट्टै नै पुर्ण सञ्चालमा आउने आश्वासन दिएका हुन्।
हानका प्रतिनिधिको गुनासो सम्बोधन गर्दै उनले बढ्दै गएको होटेलको सङ्ख्या र क्षमता उपयोग गर्न उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउनुका साथै अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महìवका पोखरा, चितवन, लुम्बिनी राजमार्गको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए।
होटेल सङ्ख्या अनुरूप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न आवश्यक नीतिगत सुधार गर्नेतर्फ सरकार सव्रिmय रहेको भनाई व्यक्त गरे।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन तथा होटेल क्षेत्रको स्थायित्व तथा प्रवर्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीले लामो समयदेखि होटेल क्षेत्रलाई उद्योगसरहको मान्यता दिने मागप्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने प्रतिबद्वता जनाए।
नेपालमा आउने भारतीय पर्यटकबाट खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउन र पर्यटन विकास तथा विस्तारका विषयमा समेत मन्त्रालय सकारात्मक रहेको मन्त्री पौडेलले बताउनुभयो ।
२०७९ पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या पहिल्याउन र अन्तर्राष्ट्रिय उडानका सम्भावना खोज्न हाल सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया