वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असुर गुफाः जहाँ २ सय वर्षअगाडी दैनिक ३–४ सय जना मान्छे हराउँथे

अर्थलगानी
२०८१ श्रावण २०, आईतवार

काठमाडौँ। असुरको शाब्दिक अर्थ राक्षस हो। पद्यमसंभव अर्थात गुरु रिन्पोछे यस गुफामा आउनु अगाडी यहाँ राक्षसहरु बस्ने भएकाले यसको नाम असुर गुफा रहेको आख्यान छ।

यो गुफा असुरहरुको बसोबास स्थान भएको कारण त्यो समय (२०० वर्ष अगाडी) हरेक दिन यहाँबाट ३÷४ जना मान्छे हराउने गर्थे। एकदिन पद्यमसंम्भव तपस्या गरिरहेको समयमा उनलाई खान ४ जना राक्षस दिदिबहिनी आएको र पद्यमसम्भवले महातान्त्रीक बज्रकिलाको सिद्धि शक्तिद्धारा उनीहरुलाई हराएर आफ्ना शिष्य बनाएको मानिन्छ। सोही कारण यसको नाम असुर रहेको हो।

यो गुफा काठमाडौँ देखि करिब १०० मिटर दक्षिणमा पर्छ। यसलाई हिन्दुहरुले गोरखनाथ गुफा भनेर चिन्छन भने बुद्धधर्मलम्बीहरुले असुर गुफा।

पद्मसम्भवले श्री बज्रयोगिनीबाट तन्त्र साधना गर्ने दीक्षा प्राप्त गरि यसै गुफामा श्री विशुद्ध हेरुक र बज्रकिलयको समिश्रण साधना गरि विद्याधरको सिद्धि प्राप्त गरेको आख्यान छ।

यस गुफामा गुरु पद्यमसम्भवको हातको छाप र खुट्टाको पाईला छ। गुफा भित्रै माथिपट्टि ढुंगामा हातको पञ्जा र औला जस्तो देखिने आकृति हात र बाहिरपटिट्ट रहेका दुई पाईलालाई खुट्टाको पाईला भएको नजविस्वास छ।
‘गुरु पद्यमसंभवले बज्रयोगिनिको साधना गर्दा गर्दा सिद्ध प्राप्त गरेको दिन बज्रयोगिनी साक्षत्कारको रुपमा उपस्थित भएपछि पद्यमसंभले यदि मैले महासिद्ध ज्ञान प्राप्त गरेभने मैले यहाँ छुदाँ हातको डाम बसोस भनेर हातले छोएपछि छाप बसको’ भन्ने किवदन्ती रहेको छ।

गुफाको ढोका सिधै अगाडी रहेको खुट्टाको पञ्जा भने पहिला भुईमा रहेको तर पछि उचालिएको स्थानिएको भनाई छ। गुफाको केही तल सानो खोच रहेको छ। जहाँबाध पद्यसंभव ध्यानबाटै उडेर भोटमा गएको भनिन्छ।

विगत ४० वर्षदेखि असुर गुफामा नै कै छेउको घरमा बस्दै आएका गोर्खाका ठिमे लामाले पंद्यमसंभव यो गुफामा तीन वर्ष तीन महिना तीन दिन ध्यान बसेको मान्यता रहेको बताए। यस गुफामा उनले तान्त्रिक बज्राकिलाको तपस्या गरि सिध प्राप्त गरेको कारण बज्रयान तथा महायान बौद्ध धर्मावलम्बीले यो गुम्बालाई बढी महत्वका साथ हेर्छन्।

पद्यमसंभव नेपालमा दुई पटक आएको मानिन्छ। आफुल प्राप्त गरेका ज्ञानको सिधिको लागि थप ज्ञान प्राप्त गर्न उनी नेपाल आएको भनिन्छ। उनको पहिलो भ्रमण यहि सिधि प्राप्तिसँग सम्बन्धित रहेको छ।
असुर गुफामा जानु भन्दा पहिला पद्यसंभव असुर गुफामा पुग्नु भन्दा केही अगाडी बाटोको दायाँपट्टि बज्रयोगिनी विहार छ। जहाँ पद्यसंभले ७ वर्ष ध्यान गरेको मानिन्छ। उक्त गुफामा उनले सात वर्ष सात महिना सात दिन ध्यान गरेको किवंदन्ती छ।

यो गुफामा बस्दा उनलाई जंगली जनावरहरु लगायत राक्षसहरुले उनीमाथि प्रहार गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी