काठमाडौं । नेपाल पर्यटन बोर्डले आज प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ। बोर्डको सञ्चाल समितिले आज ५ बजे सिईओ नियुक्ति गर्ने मुख्य एजेण्डासहित बैंकठक आह्वन गरेको हो।
पर्यटन बोर्ड गत माघ १६ गतेदेखि सिईओ बिहिन रहेको छ। सीईओ छनोट सिफारि गर्नकै निमित्त पर्यटन बोर्ड सञ्चालक समितिले उपसमिति बनाएको थियो । उक्त सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको छ ।
बोर्डका सदस्यद्वय मिलन देवकोटा, मदन आचार्य र पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक टोलीले बोर्डको सीईओ छनोट गर्न तीन जनाको नाम छनोट गरेको हो ।
उपसमितिले सोमबार प्रस्तुतीकरण र मंगलबार अन्तरवार्ता लिएर बुधबार उत्कृष्ट ३ जनाको नाम छनोट गरेको छ । उपसमितिले विहीबार पर्यटन बोर्ड सञ्चालक समितिको बैठकमा छनोट भएका तीन जनाको नाम पेश गर्ने छ । यीमध्ये बोर्डले एक जनालाई आगामी ४ वर्षको लागि सीईओ नियुक्त गर्ने भएको छ ।
बोर्डको सीईओको लागि बोर्डकै कर्मचारी श्रद्धा श्रेष्ठ, हिक्तसिंह ऐर, लक्ष्मण गौतम र पूर्व सीईओ दीपकराज जोशीमध्ये तीन जनाको नाम सिफारिश भएको छ । यद्यपी सिफारिश समितिले गोप्य शिलबन्दी गरेर दिएको हुँदा बोर्डका पूर्व सीईओ डा.धनन्जय रेग्मी र यस अघि पनि सीईओ छनोट समितिको उत्कृष्ट तीनमा पर्न सफल भएका दीपक बस्ताकोटीको समेत नाम परेको हुनसक्ने अनुमान गरिएको छ ।
सीईओ छनोट उपसमितिले सिफारिश गरेको नाम साँझ ५ बजे पर्यटन बोर्ड सञ्चालक समितिकै बैठकमा पेश हुनेछ।
बोर्डको सीईओमा ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, ज्ञानेश्वरप्रसाद सिंह महतोले बोर्डको सीईओमा आवेदन दिएका सूर्यबहादुर घिमिरे, सन्तोषविक्रम थापाले समेत आवेदन दिएका थिए।
प्रतिक्रिया