वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५० करोड लगानीमा स्तरोन्नति गरेसँगै आजबाट पुनः सुचारु हुँदै मनकामना केबलकार

अर्थलगानी
२०८१ आश्विन १, मंगलवार

काठमाडौँ। मनकामना केबुलकार आज असोज १ गतेदेखि पुनः सुचारु हुँदैछ । करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै आजबाट सञ्चानलमा आएको हो। देशकै पहिलो यात्रुबाहक केबुलकार अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको कम्पनीले जनाएको छ।

मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको २ महिना लगाएर स्तरोन्नति गरेको हो ।

अस्ट्रियाको विश्व विख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।

गतअसार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटलडी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।
कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमाआएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको जनाएको छ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी