वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाम्रो जिम्मेवारीको काम प्रतिबद्ध भएर गरेका छौँः पर्यटन बोर्डका सिईओ रेग्मी

अर्थलगानी
२०८० असार २१, बिहीबार

काठमाडौँ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) धनन्जय रेग्मीले बोर्डको जिम्मेवारी भित्र रहेका कामहरु प्रतिबद्ध भएर गरेको बताएका छन। सिईओ रेग्मीले टिपि मल्टीमिडयाद्धारा आयोजीत ‘नेपाल टुरिजम प्रोमोसन टुर ताप्लेजुङ–दार्चुला’ समापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताए।

ताप्लेजुङ देखि दार्चुलाको यात्रामा रहेका मोटरसाइकल यात्रीहरुलाई त्यहाँका स्थानीहरुले पर्यटन बोर्डले केही नगरेको गुनासो गरेको भनेपछि त्यसको जवाफ दिँदै रेग्मीले पर्यटन बोर्डले आफ्नो जिम्मेवारी पूर्ण रुपमा पुरा गरेको र गर्दै गरेको बताए। ‘पर्यटन बोर्डको जिम्मेवारी अन्तारष्ट्रिय स्तरमा नेपालको प्रोमोशन गर्नु र त्यहाँका पर्यटनलाई यहाँ ल्याउनु हो, त्यो हामीले गरिरहेका छौँ।’ उनले भने, ‘कतिपयको बुझाई बोर्डले आन्तरिक भुगोलमा पूर्वाधार निर्माण गर्नु पनि हो भन्ने सोचले गर्दा यस्ता प्रस्नहरु आउने गरेका हुन।’

उनले कुनै पनि विदेशि पर्यटक नेपालको कुनै पनि ठाउँमा आउँछ भने त्यो बोर्डकै सहजताको कारण भएको सिईओ रेग्मीले बताए।

कार्यक्रममा बोल्दै उनले ताप्लेजुङ देखि दार्चुलाको यात्रा गरेर त्यहाँको सस्कृति, संस्कार र समस्याको प्रत्यक्ष दर्शन गरि प्रचारप्रसार र सम्बन्धित निकायलाई सचेत बनाएकोमा धन्यवाद दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) धनन्जय रेग्मीले बोर्डको जिम्मेवारी भित्र रहेका कामहरु प्रतिबद्ध भएर गरेको बताएका छन। सिईओ रेग्मीले टिपि मल्टीमिडयाद्धारा आयोजीत ‘नेपाल टुरिजम प्रोमोसन टुर ताप्लेजुङ–दार्चुला’ समापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताए। ताप्लेजुङ देखि दार्चुलाको यात्रामा रहेका मोटरसाइकल यात्रीहरुलाई त्यहाँका स्थानीहरुले पर्यटन बोर्डले केही नगरेको गुनासो गरेको भनेपछि त्यसको जवाफ दिँदै रेग्मीले पर्यटन बोर्डले आफ्नो जिम्मेवारी पूर्ण रुपमा पुरा गरेको र गर्दै गरेको बताए। ‘पर्यटन बोर्डको जिम्मेवारी अन्तारष्ट्रिय स्तरमा नेपालको प्रोमोशन गर्नु र त्यहाँका पर्यटनलाई यहाँ ल्याउनु हो, त्यो हामीले गरिरहेका छौँ।’ उनले भने, ‘कतिपयको बुझाई बोर्डले आन्तरिक भुगोलमा पूर्वाधार निर्माण गर्नु पनि हो भन्ने सोचले गर्दा यस्ता प्रस्नहरु आउने गरेका हुन।’ उनले कुनै पनि विदेशि पर्यटक नेपालको कुनै पनि ठाउँमा आउँछ भने त्यो बोर्डकै सहजताको कारण भएको सिईओ रेग्मीले बताए। कार्यक्रममा बोल्दै उनले ताप्लेजुङ देखि दार्चुलाको यात्रा गरेर त्यहाँको सस्कृति, संस्कार र समस्याको प्रत्यक्ष दर्शन गरि प्रचारप्रसार र सम्बन्धित निकायलाई सचेत बनाएकोमा धन्यवाद दिए।