काठमाडौँ। होटल मेरियट काठमाडौंले रात्रीकालीन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गरेको छ। नक्सालमा अवस्थित यस होटलले आगामी शुक्रबार पार्टी आयोजना गरेको हो।
पार्टीमा जो कसैले पनि सहभागिता जनाउन सक्नेछन। यो पटकको सहभागीताका लागि होटलले सीमित टिकट बुक गर्नुपर्ने व्यवस्था गरेको छ। टिकट मूल्य प्रतिव्यक्ति ९ सय ९९ रुपैयाँमा रहेको छ। सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलले जनाएको छ । साथै होटलले भिआईपी प्याकेजको पनि व्यवस्था गरेको छ। जसको न्युनतम मूल्य ७५ हजार रुपैयाँबाट सुरू हुन्छ । जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।
हुने पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले बताए।
उनका अनुसार सो कार्यक्रममा देशकै चर्चित डिजेहरूको प्रस्तुती रहनेछ । यसकिसिमको रात्रीकालीन पार्टी यसअघि नभएको समेत होटलले जनाएको छ । बिपीएम, वाईएनजेडएन, ओ मान्शी लगायतका डिजेहरूले कार्यक्रममा मनोरञ्जन दिलाउनेछन् ।
कार्यक्रममा विभिन्न पेय पदार्थहरूको स्वादसँगै झुम्न सकिने होटलको भनाइ छ । होटलले विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाउने बताएको छ। जसले दर्शकहरूलाई पार्टीको थप मज्जाको अनुभूति दिनेछ ।
प्रतिक्रिया