वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीनथान ‘एटिआर’ जहाज ल्याउने तयारीमा सौर्य एयरलाइन्स

अर्थलगानी
२०८० श्रावण २५, बिहीबार

काठमाडौँ । नेपाली बजारमा जेट जहाबाट आन्तरिक उडान सुरु गरेको सौर्य एयरलाइन्सले अब एकसाथ तीनथान ‘एटिआर’ जहाज ल्याउने भएको छ।

पछिल्लो समय भारतीय लगानीकर्ता भित्रिएको उक्त एयरलाइन्सले तीन थान एटिआर जहाज ल्याएर उडान गर्ने तयारी अघि बढाएको हो ।

एयरलायन्सले यसअघि नै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा थप ३ जहाजका लागि अनुमति माग गरेको थियो ।

जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि यसअघि बाट नै एटिआर जहाज ल्याउनुपर्नेबारे तयारी थालिसकिएको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल बताउँछन् ।

साझेदार भारतीय कुवेर ग्रुप पनि जहाज खरिदका लागि तयार भएको उल्लेख गर्दै निर्देशक पोखरेलले ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता भइसकेको जानकारी दिए ।

सौर्यले हाल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा, पोखरा र धनगढी उडान गर्दै आएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपाली बजारमा जेट जहाबाट आन्तरिक उडान सुरु गरेको सौर्य एयरलाइन्सले अब एकसाथ तीनथान ‘एटिआर’ जहाज ल्याउने भएको छ। पछिल्लो समय भारतीय लगानीकर्ता भित्रिएको उक्त एयरलाइन्सले तीन थान एटिआर जहाज ल्याएर उडान गर्ने तयारी अघि बढाएको हो । एयरलायन्सले यसअघि नै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा थप ३ जहाजका लागि अनुमति माग गरेको थियो । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि यसअघि बाट नै एटिआर जहाज ल्याउनुपर्नेबारे तयारी थालिसकिएको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल बताउँछन् । साझेदार भारतीय कुवेर ग्रुप पनि जहाज खरिदका लागि तयार भएको उल्लेख गर्दै निर्देशक पोखरेलले ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता भइसकेको जानकारी दिए । सौर्यले हाल काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा, पोखरा र धनगढी उडान गर्दै आएको छ।