वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुद्ध एयरले थप्यो नयाँ जहाज, कहिलेबाट भर्दै छ उडान

अर्थलगानी
२०८० श्रावण २७, शनिबार

काठमाडौँ। नेपालको आन्तरिक उडानमा पहिलो नम्बरमा रहेको बुद्ध एयर फेरि अर्को नयाँ जहाज भित्र्याएको छ। बुद्ध एयरले ‘एटीआर–७२’ एयरक्राफ्ट जहाज ल्याएको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा कल साइन ‘एन–एएनडब्लू’ भित्रिएको छ । उक्त जहाजले आगामी दुई हप्ताबाट उडान भर्ने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले बताए । उनले भने,– ‘बुद्ध एयरले नयाँ ‘एटीआर–७२’ थपेको छ । अब यसमा लोगो कलर गर्न बाँकी छ । लोगो पेन्टिङपछि दुई हप्ताबाट उडान भर्नेछ ।’

‘एटीआर–७२’को मूल्य १४।४ मिलियन अमेरिकी डलर पर्छ । यसको मूल्य नेपालीमा करिव २ अर्ब २५ करोड हारहारीमा पर्न आउँछ ।

योसंगै बुद्धसंग ‘एटीआर ७२’ १३ वटा, ‘एटीआर ४२’ ३ वटा पुगेको छ । हाल बुद्धको जहाज १६ वटा पुगेको छ । बुद्धले नेपाली यात्रुहरूको हवाई उडान सहज र सरल बनाउन नयाँ जहाज ल्याएको बताएको छ।

बुद्ध एयरले काठमाडौंबाट माउन्टेन, धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, तुम्लिङटार,विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपालको आन्तरिक उडानमा पहिलो नम्बरमा रहेको बुद्ध एयर फेरि अर्को नयाँ जहाज भित्र्याएको छ। बुद्ध एयरले ‘एटीआर–७२’ एयरक्राफ्ट जहाज ल्याएको हो । शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा कल साइन 'एन–एएनडब्लू' भित्रिएको छ । उक्त जहाजले आगामी दुई हप्ताबाट उडान भर्ने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले बताए । उनले भने,– ‘बुद्ध एयरले नयाँ ‘एटीआर–७२’ थपेको छ । अब यसमा लोगो कलर गर्न बाँकी छ । लोगो पेन्टिङपछि दुई हप्ताबाट उडान भर्नेछ ।’ ‘एटीआर–७२’को मूल्य १४।४ मिलियन अमेरिकी डलर पर्छ । यसको मूल्य नेपालीमा करिव २ अर्ब २५ करोड हारहारीमा पर्न आउँछ । योसंगै बुद्धसंग ‘एटीआर ७२’ १३ वटा, ‘एटीआर ४२’ ३ वटा पुगेको छ । हाल बुद्धको जहाज १६ वटा पुगेको छ । बुद्धले नेपाली यात्रुहरूको हवाई उडान सहज र सरल बनाउन नयाँ जहाज ल्याएको बताएको छ। बुद्ध एयरले काठमाडौंबाट माउन्टेन, धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, तुम्लिङटार,विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ ।