काठमाडौँ। तारागाउँ रिजेन्सी होटल्स गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सत प्रतिशत खुद नाफा गर्न सफल भएको छ। समिक्षा अवधिमा कम्पनीको खुद नाफा १००.८० प्रतिशतले बढेर ३८ करोड २६ लाख ४० हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
होटल्सले यो त्रैमाससम्ममा कुल १ अर्ब ५७ करोड २ लाख ७४ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। जसमध्ये सञ्चालन आम्दानी १ अर्ब ३८ करोड ३२ लाख १८ हजार रुपैयाँ रहेको छ । अन्य स्रोतबाट १८ करोड ७० लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । चुक्ता पुँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको तारागाँउको रिजर्भ कोषमा ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ छ । यस होटल्सको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ १० पैसाबाट बढेर २० रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा रहेको छ ।
यसअवधिमा होटल व्यवसायमा उल्लेख्य वृद्धि भएको कारण नाफा ह्वातै बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटकहरुको आवागमनमा वृद्धि भएको कम्पनीको भनाई छ । फलस्वरुपः चालु आर्थिक वर्षमा पनि व्यवसाय विस्तार हुने अपेक्षा होटल्सले गरेको छ । सोहीअनुसार रणनीति बनाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया