वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बंगलादेशबाट आएका सयौँ पर्यटकलाई विमानस्थलमा भव्य स्वागत

अर्थलगानी
२०८० भाद्र १, शुक्रबार

काठमाडौँ । बंगलादेशबाट घुम्नका लागि सयौँको संख्यामा व्यापारिक पर्यटकहरु नेपाल आएका छन् । उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज नौमती बाजाबाट स्वागत गरिएको हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि करिब ७०० पर्यटक नेपाल आउँदै छन्। आज दिउँसो करिब २०० पर्यटक आइसकेका लामिछानेले जनाकारी दिए ।

अगस्ट १८ देखि अगस्ट २२ सम्म होटल र्‍याडिसनमा आयोजना हुने अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरु आएका हुन्।

सम्मेलन सकिएलगत्तै उनीहरुको नेपालको प्रमुख पर्यटकीय गन्तव्य घुम्ने योजना रहेको पर्यटन बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । बंगलादेशबाट घुम्नका लागि सयौँको संख्यामा व्यापारिक पर्यटकहरु नेपाल आएका छन् । उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज नौमती बाजाबाट स्वागत गरिएको हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि करिब ७०० पर्यटक नेपाल आउँदै छन्। आज दिउँसो करिब २०० पर्यटक आइसकेका लामिछानेले जनाकारी दिए । अगस्ट १८ देखि अगस्ट २२ सम्म होटल र्‍याडिसनमा आयोजना हुने अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरु आएका हुन्। सम्मेलन सकिएलगत्तै उनीहरुको नेपालको प्रमुख पर्यटकीय गन्तव्य घुम्ने योजना रहेको पर्यटन बोर्डले जनाएको छ ।