काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं मनोनित भएका छन्।
आइतबार बसेको एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समिति बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले गुरागाईंलाई उपसभापतिमा मनोनित भएको पत्र हस्तान्तरण गरेका हुन् ।
समितिको सभापति देशबन्धु बस्नेत (अजित) छन् । आइतबार दिउँसो बसेको पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले नेपालको पर्यटनलाई चलायमान बनाउन र देशैभर रहेका पर्यटन व्यवसायीको हितमा समितिले काम गर्नेमा आफु विश्वस्त रहेको बताए ।
प्रतिक्रिया