काठमाडौँ। एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ हासिल गरेकी छिन्। उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधा अन्तर्गत यो अवार्ड पाएकी हुन् ।
यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरु र तीकार्यहरुको प्रभावको सम्मानहो । साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरुमागर्दै आएको प्रभावकारी सामाजिक पहलहरुको एक प्रमाण हो ।
“यो हाम्रो टिम एनसेलले गरेको सामुहिकप्रयासको नतिजाहो र हामीले गरेका सामाजिक पहलहरुले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं । एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउनर दिगो विकास लक्ष्यहरूप्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,” खड्काले भनिन् ।
एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । रिङरोडको कोटेश्वर–कलङ्की १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियालीविकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरुमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरु हुन् ।
आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यस अन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको सामुदाय स्तरमाकुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । एनसेलले विभिन्न सामाजिक पहलहरुमा रु २ अर्ब भन्दा बढिको योगदान गरिसकेको छ । सामाजिक परियोजना मार्फत सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भईसकेको छ ।
वुमन्स ट्याब्लोइड अवाडर््सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरुको उल्लेखनीय उपलब्धिहरुको सम्मान गर्दछ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेश म्यागेजिनहो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ।
प्रतिक्रिया