वि.सं. २०८२ जेष्ठ ३१, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यान महासंघमा सुनैना घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अर्थलगानी
२०८१ पुष १६, मंगलवार

काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)ले पुस १३ गते सम्पन्न १५औँ महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेको छ। महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्षको रूपमा सुनैना पाण्डे निर्विरोध निर्वाचित भएकी छन्।

सुनैना पाण्डे क्यान महासंघको इतिहासमा अध्यक्ष बन्ने पहिलो महिला हुन्। अध्यक्ष पदमा उनको मात्र उमेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्। उनले महासंघमा लामो समय विभिन्न पदमा रहेर योगदान दिएकी छिन्। सफ्टवेयर र डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक पाण्डेले संगठनलाई नेतृत्व प्रदान गर्न नयाँ प्रतिबद्धता व्यक्त गरेकी छिन्।

क्यान महासंघको ३१औँ वार्षिक साधारणसभा तथा १५औँ महाधिवेशनमार्फत नयाँ कार्यसमितिमा चिरन्जीबी अधिकारी, हिक्मतबहादुर सेठी, नर्सन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का, र सञ्जयना श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। महासचिवमा भीमलाल भुजेल र कोषाध्यक्षमा शरदसिंह चयन भएका छन्।

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले सूचना र सञ्चार प्रविधिको प्रवर्द्धन, विस्तार र विकासमा अग्रणी भूमिका खेल्दै आएको छ। यसले सातै प्रदेश र ७४ जिल्लामा शाखा स्थापना गरिसकेको छ। हरेक वर्ष आयोजना हुने ‘क्यान इन्फोटेक’ प्रदर्शनी नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी हो। महासंघले नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हबका रूपमा विकास गर्न निरन्तर कार्यरत छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी