वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन बोर्डको पदका लागि २० जनाले दिए आवेदन

अर्थलगानी
२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाले आवेदन दिएका छन् । पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले १२ दिन अगाडि मागेको आवदेनमा आज अन्तिम दिन बिहिबारसम्म २० जनाले आवेदन दिएका हुन्।

सिईओका लागि बोर्ड भित्रका ५ जना कर्मचारी सहित बाहिरका १५ जनाको आवदेन दिएका छन्। आवेदन दिनेमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, निमित्त निर्देशक लक्ष्मण गौतम, प्रबन्धक नविन पोखरेल, प्रबन्धक श्रद्धा श्रेष्ठ र बरिष्ठ अधिकृत सन्तोष बिक्रम थापा रहेका छन्।

त्यस्तै बोर्डका पूर्व सीईओ डा‍. धनन्जय रेग्मी र दीपकराज जोशी, पर्यटन व्यवसायी राजाराम गिरी, ज्ञानेश्वरप्रसाद महतो, लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानेन राई, दीपक बस्ताबोटी, रामचन्द्र सेडाईंले सिईओका लागि आवेदन दिएका छन् ।

विजय नेपाल, पदम वान, ठाकुर देवकोटा, राजाराम केसी, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, चक्सु मल्ल र कमल दोधारी रहेका छन् ।

पर्यटन बोर्डमा आवेदन दिएका आवेदकले अब छनोट समितिसमक्ष आफ्नो प्रस्तुतीकरण दिनेसहितको प्रक्रिया पूरा गर्नुपर्ने छ । बोर्डको सीईओ छनोट गर्न तीन जनाको उपसिमिति बनेको छ । सोही समितिले ३ जनाको नाम बोर्ड सञ्चालक समितिलाई सिफारिश गर्छ । सिफारिश भएका अन्तिम ३ जनाबाटै बोर्डले सीईओ नियुक्त गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाले आवेदन दिएका छन् । पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले १२ दिन अगाडि मागेको आवदेनमा आज अन्तिम दिन बिहिबारसम्म २० जनाले आवेदन दिएका हुन्। सिईओका लागि बोर्ड भित्रका ५ जना कर्मचारी सहित बाहिरका १५ जनाको आवदेन दिएका छन्। आवेदन दिनेमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, निमित्त निर्देशक लक्ष्मण गौतम, प्रबन्धक नविन पोखरेल, प्रबन्धक श्रद्धा श्रेष्ठ र बरिष्ठ अधिकृत सन्तोष बिक्रम थापा रहेका छन्। त्यस्तै बोर्डका पूर्व सीईओ डा‍. धनन्जय रेग्मी र दीपकराज जोशी, पर्यटन व्यवसायी राजाराम गिरी, ज्ञानेश्वरप्रसाद महतो, लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानेन राई, दीपक बस्ताबोटी, रामचन्द्र सेडाईंले सिईओका लागि आवेदन दिएका छन् । विजय नेपाल, पदम वान, ठाकुर देवकोटा, राजाराम केसी, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, चक्सु मल्ल र कमल दोधारी रहेका छन् । पर्यटन बोर्डमा आवेदन दिएका आवेदकले अब छनोट समितिसमक्ष आफ्नो प्रस्तुतीकरण दिनेसहितको प्रक्रिया पूरा गर्नुपर्ने छ । बोर्डको सीईओ छनोट गर्न तीन जनाको उपसिमिति बनेको छ । सोही समितिले ३ जनाको नाम बोर्ड सञ्चालक समितिलाई सिफारिश गर्छ । सिफारिश भएका अन्तिम ३ जनाबाटै बोर्डले सीईओ नियुक्त गर्ने छ ।