वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु इन्स्योरेन्सको संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिन आग्रह

अर्थलगानी
२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ। केही संस्थापक सेयरधनीहरूले आफ्ना सेयर बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएपछि सो सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ।

हाल बिक्री गरिने सेयरको संख्याबारे कम्पनीले खुलासा गरेको छैन। तर, कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले पहिलो प्राथमिकतामा परेर ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुक सेयरधनीहरूले काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

यदि तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन नआएमा, कम्पनीले अन्य व्यक्ति वा संस्थालाई सो सेयर बिक्री गर्ने जनाएको छ। यसले कम्पनीको स्वामित्व संरचनामा केही परिवर्तन आउने सम्भावना देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी