वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समृद्धि फाइनान्सका विभिन्न शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थलगानी
२०८० चैत्र ८, बिहीबार

समृद्धि फाइनान्सको जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

चैत्र ७ गते सो कार्यक्रम सम्पन्न भएको हो । “Protect your money, secure your Future” भन्ने मूल नाराका साथ जनकपुर शाखा बाट मोडल कलेज, जनकपुर ( ४ का बि.बि.ए 1st सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, ईटहरी शाखा बाट सिमरवन राधा कृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाबाट बिजुलपुर बजार का २० जना स्थानीय वासिन्दालाई वित्तिय साक्षरता दिईएको थियो। अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।

Global Money Week 2024 को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर. टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

समृद्धि फाइनान्सको जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र ७ गते सो कार्यक्रम सम्पन्न भएको हो । “Protect your money, secure your Future” भन्ने मूल नाराका साथ जनकपुर शाखा बाट मोडल कलेज, जनकपुर ( ४ का बि.बि.ए 1st सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, ईटहरी शाखा बाट सिमरवन राधा कृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाबाट बिजुलपुर बजार का २० जना स्थानीय वासिन्दालाई वित्तिय साक्षरता दिईएको थियो। अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो । Global Money Week 2024 को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर. टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।