वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर

अर्थलगानी
२०८० असार २४, आईतवार

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।

महिला लघुवित्तको सामाजिक उत्तरदायित्व कोषअन्तर्गत प्रायोजन गरी रामेछाप जिल्लास्थित गोकुलगंगा नगरपालिका–४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीनदिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो। शिविमा विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकको निःशुल्क दन्त जाँच गरिएको थियो। शिविरबाट करिब ३०० जना लाभान्वित भएका छन्।

गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रकी उपाध्यक्ष उमा भण्डारीको विशिष्ट आतिथ्यता थियो।

शिविरमा दन्त चिकित्सक डा। विजिता गौतम नेतृत्वको टोलीले दन्त परीक्षण गरिएको थियो।

शिविरको अवसरमा सोही विद्यालयमा अध्ययनरत छात्रछात्रालाई खेलकुद र अध्ययन सामग्रीसमेत वितरण गरेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। महिला लघुवित्तको सामाजिक उत्तरदायित्व कोषअन्तर्गत प्रायोजन गरी रामेछाप जिल्लास्थित गोकुलगंगा नगरपालिका–४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीनदिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो। शिविमा विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकको निःशुल्क दन्त जाँच गरिएको थियो। शिविरबाट करिब ३०० जना लाभान्वित भएका छन्। गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रकी उपाध्यक्ष उमा भण्डारीको विशिष्ट आतिथ्यता थियो। शिविरमा दन्त चिकित्सक डा। विजिता गौतम नेतृत्वको टोलीले दन्त परीक्षण गरिएको थियो। शिविरको अवसरमा सोही विद्यालयमा अध्ययनरत छात्रछात्रालाई खेलकुद र अध्ययन सामग्रीसमेत वितरण गरेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए।