काठमाडौँ। मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार २६ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
कम्पनीले २०७९ फागुन २९ गते बोर्डमा आवेदन दिएको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो। हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
प्रतिक्रिया