वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अग्नी सिमेन्टको व्यापार ४१ प्रतिशतको संकुचन, ४ करोड घाटा

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको व्यापारमा ४१ प्रतिशतको संकुचन आएको छ। सन् २०२३ मा ७० करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको हो। यो सन् २०२२ को भन्दा ४१.८५ प्रतिशत कम हो । सन् २०२२ मा यस कम्पनीले १ अर्ब २१ करोड ६० लाख र सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो।

पछिल्लो सिमेन्टको मागमा आएको कमिले बिक्रिमा प्रभाव पारेको देखिन्छ। जसले गर्दा कम्पनीले आफ्नो उत्पादीत सिमेन्टको मूल्यमा समेत कम गर्नुपरेको छ। प्रति बोरा पीपीसी सिमेन्ट मात्रै ४०२ रुपैयाँमा बेच्न परेको कम्पनीले जनाएको छ जबकी सन् २०२२ मा ४१४ मा बिक्रि गरिरहेको थियो। ओपीसी सिमेन्ट प्रतिबोरा मूल्य ५०८ बाट घटाएर ४७३ मा बिक्रि गरेको कम्पनीले जनाएको छ।

इक्रा नेपालको विवरण अनुसार व्यापारमा कमि आउँदा कम्पनीले ४ करोड ८० लाख बराबरको खुद नोक्सानी व्यहोर्नुपरेको छ। घाटामा जानुको मुख्य कारण ब्याज खर्च बढ्नु रहेको जनाईएको छ। उद्योगव्यापी मन्दीका कारण मुनाफा दबाबमा रहने अपेक्षा गरिएको छ, जसले प्रतिस्पर्धात्मक बजारमा टिकिरहन कम्पनीलाई चुनौती दिएको देखिन्छ।

अग्नि सिमेन्ट पब्लिक लिमिटेड कम्पनी हो । यो सन् २००७ मा स्थापना भएको थियो । यसले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्छ । ओपीसीको प्रति दिन उत्पादन क्षमता ९०० मेट्रिक टन छ ।

यस कम्पनीले ८८ करोड ९७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये, लङ ट्रम ४३ करोड ९७ लाखका लागि ‘केयर एनपी बी प्लस’ र सर्ट ट्रम ४५ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी