वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थलगानीमा “ज्ञान सागर–४”– २१ प्रश्नोत्तर

नेत्र सुवेदी “प्रयास”
२०८० फाल्गुन २३, बुधबार

प्र नं १. आन्ध्र महासागर र प्रशान्त महासागरलाई परस्पर जोड्न प्रयोगमा आएको मानवनिर्मित नहर कुन हो?

 

प्र नं २. नेपालका जम्मा ७५३ वटा स्थानीय तहमध्ये कतिवटा स्थानीय तहमा वनको क्षेत्र रहेको छैन?

 

प्र नं ३. वि सं २००८ मा सर्वोच्च न्यायलय स्थापना भएकोमा सर्वोच्च अदालतका रुपमा कहिले स्थापना भयो?

 

प्र नं ४. बच्चा जन्मेको कतिदिनभित्र आमाको मृत्युभएमा मातृमृत्युदर अन्तर्गत गणना हुन्छ?

 

प्र नं ५. पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह हुनका लागि बच्चा गर्भमा रहँदा चारपटक स्वास्थ्य जाँच गराउनेको प्रतिशत न्युनतम ९० प्रतिशत हुनुपर्ने हुन्छ भने कति प्रतिशत गर्भवतिले स्वास्थ्य संस्थामा बच्चालाई जन्म दिएको हुनुपर्ने व्यवस्था छ?

 

प्र नं ६. सन् २०२४ को विश्व उपभोक्ता अधिकार दिवशको मूल नारा के तय भएको छ?

 

प्र नं ७. विश्वभर प्रयोगमा रहेको महालेखा परीक्षकका तीनवटा मोडल के के हुन्?

 

प्र नं ८. नेपालको संविधानको कति धारामा महालेखा परीक्षकको व्यवस्था छ?

 

प्र नं ९. महालेखा परीक्षकले हालसम्म कतिवटा प्रतिवेदन पेश गरिसकेको छ ?

 

प्र नं १०.आलुको बीऊमा प्रयोग हुने TPS, PBS को पूरा रुप के हो ?

 

प्र नं ११.साविकमा राजपरिवारको स्वामित्वमा रहेका जग्गाको संरक्षण र सम्पत्ति व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल ट्रष्टको कार्यालय कहिले स्थापना भएको हो?

 

प्र नं १२ पश्चिम क्षेत्रमा २०८० कार्तिक १७ गते गएको ६.४ म्याग्निच्युटको भूकम्पको केन्द्र विन्दु कुन रहेको थियो ?

 

प्र नं १३ विश्वमा अक्सिजन उत्पादनको सबभन्दा ठूलो प्राकृतिक स्रोत (२० प्रतिशत अक्सिजन) भनेर चिनिने कुन जंगल हो ?

 

प्र नं १४. नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका अस्पतालहरुमा लागू गरेको न्युनतम सेवा मापदण्डमा सबभन्दा बढी हिस्सा रहेको क्लिनिकल सर्भिसतर्फ कति प्रतिशत स्कोर रहने व्यवस्था छ ?

 

प्र नं १५. नेपालमै विकसित बीऊमा खुमल ज्यापु र काठमाण्डौ लोकल तथा बाहिरबाट आउनेमा भेलेन्टिना र काराटोना कुन तरकारीको बीऊ हो ?

 

प्र नं १६. शब्द र अवधारणा प्रयोगका दृष्टिले Artificial Intelligence – AI को शुरुवात कुन वर्ष भएको हो ?

 

प्र नं १७. Generative AI का रुपमा ChatGpt को शुरुवात भएको कहिले हो?

 

प्र नं १८. चर्चित पुस्तक The Lord of Flies का लेखक को हुन् ?

 

प्र नं १९. मध्यपहाडि लोकमार्गमा पर्ने १० वटा नयाँ शहरहरु कुन कुन हुन् ?

 

प्र नं २०. वौद्ध दर्शनमा नैतिक नियमलाई के शव्दबाट चिनिन्छ?

 

प्र नं २१. नेपाल सरकारका मन्त्रालय, विभागमा प्रवक्ताहरुको काम, कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था कुन कानुनमा व्यवस्थित गरिएको छ ?

 

 

सही उत्तर सूचि

१. पनामा नहर (Panama Canal), completed in 1904 AD, 84 Km in length

२. १०६

३. वि सं २०१३ जेठ ८

४. ४२ दिन

५. ९५ प्रतिशत

६.  Fair and Responsible AI for Consumers

७. वेस्टमिनिस्टर मोडल, अदालती मोडल र वोर्ड मोडल ९यी मध्ये नेपालको मोडल पहिलो हो।

८. धारा २४०

९. ६० वटा

१०.TPS= True Potato Seed, PBS= Pre Basic Seed

११. वि सं २०६४

१२. जाजरकोट जिल्ला बारेकोट गाउँपालिकास्थित रामीडाँडा

१३. अमेजन रेन फोरेष्ट, ब्राजिल

१४. ६० प्रतिशत (बाँकी ४० स्कोर सुशासन र अस्पताल सपोर्ट प्रणालीका लागि छुट्याइएको छ।)

१५. काउलीको रङ्गीन प्रजाति

१६. सन् १९५६

१७.November 30, 2022

१८.William Golding, UK

१९. फिदिम(बैतडी), बसन्तपुर (तेह्रथुम), खुर्कोट (सिन्धुली),  बैरेनी (धादिङ्ग),  डुम्रे (तनहुँ),  बुर्तिवाङ्ग (बागलुङ्ग),  चौरजहारी (पश्चिम रुकुम),  राकम कर्णाली (दैलेख),  साँफेबगर(अछाम)

र पाटन (बैतडी)

२०. शील

२१. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र सुवेदी “प्रयास”

लेखक सुवेदी सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव हुन्।