वि.सं. २०८२ असार ४, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रीतमको ‘क्लाउड किचन’ जहाँ बासनाले ग्राहक बोलाउँछ

झलक दवाडी
२०८० भाद्र २६, मंगलवार

 

 

एउटा ठूलो किचन, जहाँ पाक्छन् दर्जनौं परिकार । त्यँही दर्जनौं परिकारको बासना भक्तपुरको कुना कुनामा फैलिन्छ । वाफसँगै निस्किएको बास्नादार परिकारको खुस्बु घर-घरमा पुग्छ । अनि आउँछ मोबाइलमा घन्टी ‘टिङ’ । बासना रित्तै फर्किन्न ग्राहक लिएर फर्किन्छ । कोहि मोबाइलको स्क्रिनबाट आउँछन् भने कोहि बासना पछ्याउँदै त्यहीँ पुग्छन्  ।

मट्का बिर्यानी ! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन। वासनाले बोकेर ल्याएको ग्राहकदेखि मोबाइलको स्क्रिनमा आएको अर्डर अनुसारको परिकार पाक्छ, यहाँ । बासनाले ल्याएको ग्राहकले त्यहि खान्छन् भने स्क्रिनको ग्राहकका लागि डेलिभरी टिमले झोलामा हाल्छन् । र, निस्कन्छन्  ग्राहकको लोकेसन खोज्दै । अर्डर आएको छिनमै ग्राहकको घर वा अफिसमा पुग्छ ताजा खाना ।

खानाको स्वादपछि मुसुक्क हाँसेको फोटोलाई कम्पनीले लोगोमा रुपमा प्रयोग गरेको छ । ग्राहकले आफ्नो चाहना अनुसारको खाना पाइसकेपछिको अनुभवलाई कम्पनीले  लोगोको रुपमा उतारेको छ ।

पछिल्लो समय फस्टाउँदै गएको व्यवसाय हो ‘क्लाउड किचन’ । प्रविधिमा आधारित व्यवसायमा रुची राख्ने रितम प्रधानले केहि समय अघि खोलेको रेस्टुरेन्ट हो, ‘ओल्ड टाउन रेस्टुरेन्ट एण्ड कफी सप’ ।

खानाको स्वादपछि मुसुक्क हाँसेको फोटोलाई कम्पनीले लोगोमा रुपमा प्रयोग गरेको छ । ग्राहकले आफ्नो चाहना अनुसारको खाना पाइसकेपछिको अनुभवलाई कम्पनीले  लोगोको रुपमा उतारेको हो । भक्तपुरको घर देखि अफिससम्म सस्तोमा हाइजेनिक खाना पुर्याउने उद्देश्यले संचालनमा ल्याइएको ‘ओल्ड टाउन’ले बिरयानी , पिज्जा, बर्गर ,पास्ता ,खाना सेट , नान रोटी, म:म , चाउमिन,सेकुवा र थुक्पा जस्ता दर्जनौं परिकारहरुमा अर्गानिक स्वाद दिएर रेष्टुरेन्टको भिडमा छुट्टै ब्रान्ड बनाउन सफल भएको छ । साथै उक्त परिकारलाई ओल्ड टाउनले क्लाउड किचनबाट भक्तपुर भरी फ्री डेलिभरी गरिरहेको छ ।

‘हामीले लामो समय बजार अध्ययन गर्यौं । सामान्य पसलदेखि पाँचतारे होटलसम्मका स्वाद चाख्यौँ,’ संचालक प्रधानले भने, ‘सबै तिरको स्वाद उस्तै–उस्तै भेटियो। कतै त बिरयानी भनेर दिएको ठाउँमा हेर्दा मात्र बिरयानी देखिन्थ्यो स्वाद चाहिँ मासु भात मुसेर खाएको जस्तो मात्र ।’

विदेश जान्छु कमाउँछु भन्यो भने सबैले पत्याउँछन् लोन दिन्छन् , खुलेर बोल्छन् तर देश मै केहि गर्छु सहयोग गर्नुस भन्दा सबै तर्किन्छन् ।

उनका अनुसार उनीहरूले खोजेजस्तो स्वाद कतै पाएनन् । साना देखि ५ तारेसम्मको होटलको भिडमा उनले विभिन्न परिकारहरूको अर्गानिक स्वाद दिने रेस्टुरेन्ट ल्याउने  सोचे ।

तर , सुरू गर्न सोचेजस्तो सजिलो भने थिएन ।

‘कुनै पनि काम गर्दा सबैको सहयोग पाइयो भने काम गर्न हौसला मिल्छ, एक्लै गर्नुपर्दा साह्रै अप्ठ्यारो हुन्छ । विदेश जान्छु कमाउँछु भन्यो भने सबैले पत्याउँछन् लोन दिन्छन् , खुलेर बोल्छन् तर देश मै केहि गर्छु सहयोग गर्नुस भन्दा सबै तर्किन्छन्,’ स्वदेश मै काम सुरू गर्न अप्ठ्यारो भएको प्रधानले बताए।

कसरी सुरु भयो ‘ओल्ड टाउन’ रेष्टुरेन्ट ? 

प्राय अरुलाई किचनमा पस्न मनाही हुन्छ, कसैले पाउँदैन थियो  । केहि समय झ्यालबाट हेरेर सिके  कुन परिकारलाई टेस्ट दिन के गर्नुपर्छ भनेर

एसएलसी उत्तीर्ण गरेपछि केहि समय होटल सम्बन्धि तालीम लिँदै प्रधान प्लस टु गर्न थाले । प्लस टु सकिएसँगै ‘बार’ ट्रेनिङ लिन थाले । उनको मिठो बोलि र व्यवहारका कारण सेफसँग नजिक हुन पुगे र केहि किचनको काम पनि सिक्न पाए । ‘प्राय अरुलाई किचनमा पस्न मनाही हुन्छ, कसैले पाउँदैन थियो  । केहि समय झ्यालबाट हेरेर सिके  कुन परिकारलाई टेस्ट दिन के गर्नुपर्छ भनेर,’ प्रधानले भने कहिले त सेफहरुको गाली पनि पाउँथे  । तर उनलाई सिक्नु थियो सिके  । उनको  बुवा पुलिस  । छोराले पनि केहि राम्रै जागिर गरेको हेर्न रुचाउँथे । बुवाको चाहनालाई बुझेर बाहिर गएर केहि सिक्ने अठोट लिएर उनि वोमन हानिए  । काम राम्रो सिके  । मासिक २ लाखसम्म तलब बुझेको उनि सम्झन्छन् ।  २ बर्ष सिक्न र कमाउन वोमनमा समय खर्चिए  ।

२२ बर्षको उमेरमा विदेशिएका प्रधान कोरोना महामारी भन्दा केहि समय अगाडी नेपाल फर्किए ।  नेपाल मै केहि गर्ने हुटहुटी बोकेर आएका उनलाई परिवारले साथ दिन सकेन । नेपालमै व्यवसाय गर्नका लागी आर्थिक जोहोदेखि सम्पूर्ण जिम्मेवारी आइलाग्यो उनीमाथि । उनले आफ्नै बलबुद्दीले २५ लाखको लगानीमा रेस्टुरेन्ट खोल्छन् । भक्तपुरलाई टार्गेट गरेर ४ बर्ष अघि फरक शैलीको रेस्टुरेन्ट संचालनमा ल्याए । तर, खोलेको ५ दिनमा नै लकडाउन सुरु भयो । कसैको साथ नपाएका प्रधानलाई ऋण धन गरेर संचालन गरेको रेस्टुरेन्ट बन्द नै हुने हो कि भन्ने डर लाग्न थाल्यो । उनि सम्झन्छन्, ‘गाउँ घर सबैले जागिर गर, कि बिदेश जा भनेर कर गरिरहेको बेला २५ लाखको रेस्टुरेन्ट खोलेर झन् तनाब थपियो । भाडा कसरी तिर्नु भनेर टेन्सन हुन थाल्यो ।’ उनले समयमा कर्मचारीलाई तलब दिन नसकेर छोडेर गएको दुखेसो पोखे ।

प्रधानलाई अघि बढाउने क्लाउड किचन’

कोभिड महामारीले सबै क्षेत्र थला परेका बखत उनीको भर्खर सुरु गरेको व्यवसायमा ताला लाग्यो ।उनले हरेश खाएनन्, व्यवसाय बद्लिएनन् । तर, थोरै तरिका बदलिए ।

भनाइ छ नि कामले काम सिकाउँछ! प्रधानको जीवनमा यस्तै भयो। कामले काम सिकायो। लकडाउनले गर्दा उनको रेस्टुरेन्टलाई अगाडी बढाउन  बैकल्पिक बाटो फेला पारे । त्यो हो ‘क्लाउड किचन’। नेपालमा क्लाउड किचनको कन्सेप्ट नौलो नभए पनि प्रभावकारीरुपमा आइरहेको थिएन । फुड डेलिभरी भइरहेको थियो तर त्यसमा प्याकेजिङ गुणस्तरीय थिएन । ‘भर्खर लगानी गरेर सुरु गरेको त्यसै छोड्ने कुरा भएन,’ प्रधान भन्छन्, ‘विभिन्न विकल्पहरु हेरिरहेको थिएँ । दुख पाएर, बिरामी भएर घर भित्र बसेकाहरुलाई फूड डेलिभरी गरेर सहयोग गर्ने हेतुले पनि काम छोडिन ।’

कोभिड महामारीले सबै क्षेत्र थला परेका बखत उनीको भर्खर सुरु गरेको व्यवसायमा ताला लाग्यो ।उनले हरेश खाएनन्, व्यवसाय बद्लिएनन् । तर, थोरै तरिका बदलिए । उनि भन्छन्, ‘बुवाको पालामा बजारीकरण गर्न पर्चा पम्प्लेट बाँढिन्थ्यो भने मैले डिजिटल मार्केटिङ गरे । बुवा हजुरबुवाको कन्सेप्ट पनि त्यहिँ थियो जहाँ बढी भिड त्यहि बढी प्रचार । त्यसैले चिया पसलमा पर्चा हुन्थे, तर अहिले भिड सामाजिक संजालमा हुन्छ । मैले त्यहिँ प्रचार गरे ।’

उनको बजारीकरणसँगै ग्राहकहरु थपिदै गए ।  घर भित्रबाट मानिस बाहिर निस्कन नसक्ने अवस्थामा घर घरमा खाना पुर्याउन थाले । वडा कार्यालयबाट आफ्ना सबै कर्मचारीलाई भ्याक्सिनको प्रबन्ध मिलाएर सबैलाई सुरक्षित बनाए । अस्पतालको बेड देखि घरको कोठासम्म खाना लिएर पुगे ।  केहि  दिनमै शुभ लक्षण आयो । अपेक्षाअनुसार कारोबार हुन् थाल्यो । फोनमा घन्टी आइरहन थाल्यो । दोस्रो वर्ष अनपेक्षित झैं कारोबार भयो।

ग्राहकका चाहना अनुसारको स्वाद पस्कन थाले । उनीहरूले बजारभन्दा फरक स्वादको परिकार आम मानिसमा पस्किन पकाउने मान्छे पनि त्यहीअनुसार खोजे ।  हरेक दिन व्यापार बढ्दै गयो। महिनामा बिस्तारै दैनिक सयौं परिकारको अर्डर आउन थाल्यो ।

राति अबेर घर पुग्ने अनि खाना बनाउन अल्छी लाग्नेहरू, घरमा खाना खाइ वरि थान्को गरेपछि पाहुना आउनेहरुका लागि ग्राहकको चाहना अनुसार राति १२ बजेसम्म फ्री डेलिभरी गर्छौं ।

तेस्रो वर्षमा आइपुग्दा फूड डेलिभरीसँगै रेस्टुरेन्टमा भिडभाड बढ्न थाल्यो । आम मानिसको बिश्वास र रोजाईमा ओल्ड टाउन बस्न सफल भयो ।  ग्राहकको रेस्टुरेन्ट प्रति फिडब्याक राम्रै आउन थाल्यो । रेष्टुरेन्टले दिनभरी अफिसको कामले थाकेर साँझ ढिलो गरी घर पुग्ने ग्राहकका लागि घरमा खाना पकाउनै नपर्ने गरि राति १२ बजेसम्मको फ्री डेलिभरीको सुबिधा थप्यो । प्रधान भन्छन् , ‘राति अबेर घर पुग्ने अनि खाना बनाउन अल्छी लाग्नेहरू, घरमा खाना खाइ वरि थान्को गरेपछि पाहुना आउनेहरु , राति खाना पकाउँदा पकाउँदै ग्यास सकिनेहरू र घरको भन्दा फरक स्वाद खान मन लागेकोहरुका लागि ग्राहकको चाहना अनुसार राति १२ बजेसम्म फ्री डेलिभरी गर्छौं ।’

कुनै समय थियो सपरिवार खाना खान्थे । दुख सुखका कुरा हुन्थे । चरेसको थालमा हात चाटि चाटी खाना खान्थे । एक अर्कालाई हेर्थे मिठो खाना भएकोमा खुसी साट्थे मुसुक्क हाँस्थे ।  प्रविधिको विकाससँगै अहिले एकै परिवारमा पनि  खाना खाने भान्सा देखि खाना खाने समय पनि एउटै हुँदैन । हो यहि अभावलाई प्रभाव पार्न रितम  प्रधानले संघर्ष गरिरहेका छन् । उनको रेस्टुरेन्टमा रिति संस्कृती अनुसारको अर्गानिक खानामा जेष्ठ नागरिकदेखि भाइबहिनीसहितका परिवारले स्वाद लिएर खाँदै मुसुक्क हाँसेको देख्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

झलक दवाडी

लेखक दवाडी प्रविधि र समसामयिक विषयमा समाचार तथा फिचर लेख्छन्