वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३५ ले संकुचन:सीएनआई (रिपोर्ट सहित)

अर्थलगानी
२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा सर्वेक्षणमा गत आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३।५३ प्रतिशतले संकुचन आएको देखिएको छ।

सीएनआईले हालै सार्वजनिक गरेको सवेक्षण अनुसार औद्योगिक क्षेत्रमा निराशाजनक स्थिति छ । परिसंघले हरेक त्रैमासमा यस्तो सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने गर्दछ । उक्त सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा उत्पादनमुलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट थियो । तर गत आवको समीक्षा अवधिमा भने उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४ प्रतिशतले मागमा कमी आएको छ ।

समीक्षा अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३।८७ प्रतिशतले आय घटेको बताएका छन् । योभन्दा अघिल्लो त्रैमासमा पनि उद्योगीहरुको आयमा १.८७ प्रतिशतले ह्रास आएको बताएका थिए ।

माग र राजस्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कुल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत बताएका थिए । उद्योगीहरुले नियमित विद्युत् आपूर्ति नहुँदा अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्नु परिरहेको समेत बताएका छन् । सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगीहरुको धारणा अझै पनि जेनेरेटरको प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले गर्दा उत्पादन लागतमा १२.८९ प्रतिशतले वृद्धि भएको पनि उनीहरुको भनाइ छ ।

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालू पूँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको बताएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ छ ।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी