काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बोनस शेयर बापतको कर चाँडै तिर्न अनुरोध गरेको छ। कम्पनीको सत्रौं वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयरका लागि कर नतिरेसम्म डिम्याट खातामा शेयर नपठाइने जनाएको छ।
कम्पनीले माघ २४ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई बोनस शेयर प्रदान गरिसकेको छ। तर, बोनस शेयर डिम्याट खातामा दाखिला गर्न बोनस बापत लाग्ने कर अनिवार्य रूपमा तिर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
त्यस्तै, माघ २४ गतेसम्म शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका शेयरधनीहरूले बोनस शेयर प्राप्त गर्न कर तिरेर सम्बन्धित संस्थाबाट एनओसी (No Objection Certificate) वा फकुवा पत्र पेश गर्नु पर्नेछ।
प्रतिक्रिया