वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाठकको चाप बढेपछि प्रज्ञाको पुस्तक प्रदर्शनीको अवधि एक हप्ता थप

अर्थलगानी
२०८० बैशाख १९, मंगलवार

काठमाडौँ। नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको चाप बढ्न थालेपछि एक हप्ता समय थप गरिएको छ ।

प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी यही वैशाख २५ गतेसम्म चल्ने व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए। वैशाख ४ गते १५ दिनअर्थात् वैशाख १८ गते सोमबारसम्मका लागि प्रदर्शनी आयोजना गरिएको थियो ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को चैत महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु तीनदेखि रु तीन हजार तीन सय ५० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको उनले बताए।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ ।

प्रज्ञा नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक ढुङ्गेलले सुनाए। यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीमा उल्लेख्यरुपमा पाठकको सहभागिता हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजारभन्दा बढीको पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । गत वर्ष प्रतिष्ठानले पुस्तक बिक्रीबाट नै रु ५० लाख आर्जन गरेको थियो ।

प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ । प्रदर्शनीमा साझा प्रकाशनका पुस्तकको पनि छुट्टै कक्ष राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नयाँ वर्षको अवसर पारेर पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको चाप बढ्न थालेपछि एक हप्ता समय थप गरिएको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी यही वैशाख २५ गतेसम्म चल्ने व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए। वैशाख ४ गते १५ दिनअर्थात् वैशाख १८ गते सोमबारसम्मका लागि प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को चैत महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु तीनदेखि रु तीन हजार तीन सय ५० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको उनले बताए। प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । प्रज्ञा नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक ढुङ्गेलले सुनाए। यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीमा उल्लेख्यरुपमा पाठकको सहभागिता हुने गरेको छ । प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजारभन्दा बढीको पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । गत वर्ष प्रतिष्ठानले पुस्तक बिक्रीबाट नै रु ५० लाख आर्जन गरेको थियो । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ । प्रदर्शनीमा साझा प्रकाशनका पुस्तकको पनि छुट्टै कक्ष राखिएको छ ।