काठमाडौं। वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान खुला नभए सोलुखुम्बुमा हुने सबै हवाई उडान ठप्प पार्ने चेतावनी दिएको छ। संघले आगामी ९ पुसभित्र हेलिकप्टर उडानमा भएको समस्या समाधान गर्न अल्टिमेटम दिएको हो।
संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मिति आगामी माघ ११ गते सरोकारवालाहरु बीच समन्वय बैठक आव्हान गरेको छ।’ उनले माघ ९ गते भित्र हेलिकप्टर उडानको पूर्ण सुरक्षाको प्रत्याभूति गरि समस्या समाधान गर्न अनुरोध गरिएको बताए। यदि समस्या समाधान नभएमा, सोलुखुम्बु जिल्लामा उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीहरुले सम्पूर्ण हवाई सेवाहरु स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका छन्।
हाल छोटो दूरीको उडान अवतरण गर्ने वायुसेवा ९स्टल० ले लुक्ला र फाप्लुमा नियमित उडान गरिरहेको छ। संघले हेलिकप्टर उडानमा देखिएको समस्याको समाधान गर्न आग्रह गर्दै चेतावनी दिएको छ कि यदि समस्या समाधान भएन भने यी उडान स्थगित हुनेछन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीय युवा समूहहरुले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्, जसले निकुञ्जको वन र वातावरणको सुरक्षा चुनौती थपेको छ। यसका कारण, हेलिकप्टर उडान सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सम्पूर्ण उडान स्थगित रहने चेतावनी दिइएको छ।
संघले नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई यस विषयमा जानकारी गराएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हेलिकप्टर उडानमा बाधा पुर्याउनेलाई कडा कारवाही गर्ने चेतावनी पनि दिएको छ।
संघले भनेको छ कि हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्धले वायुसेवा कम्पनीहरुलाई ठूलो आर्थिक नोक्सानी पुर्याउनेछ र पर्यटन व्यवसायलाई नकारात्मक असर पर्नेछ। यसैले, खुम्बु क्षेत्रका उडानहरु निर्वाध रुपमा संचालन गर्न आवश्यक रहेको संघको भनाइ छ।
प्रतिक्रिया