काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बस्दै छ। लघुवित्तको अठारौं वार्षिक साधारण सभा आज जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजेदेखि बस्दैछ।
गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि लाभांश नबाड्ने निर्णय गरेको छ। सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्नेछ।
त्यस्तै संस्थापक र सर्वसाधारण समूहबाट ३३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीले सभा प्रयोजनार्थ वैशाख २१ गते बुक क्लोज गरिसकेको छ। यसर्थ वैशाख २० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा उपस्थित हुन सक्नेछन्।
प्रतिक्रिया