वि.सं. २०८२ जेष्ठ २६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेह्रथुम पावरको सेयरमूल्य समायोजन

अर्थलगानी
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३४७.०६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५९४.११ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी शतप्रतिशत अर्थात १ः१ अनुपातमा ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी